Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बेलायतका नेपाली गुरुङ खेलाडी इङ्लिस क्लबमा..!!!

काठमाडौं, नेपाली मूलका बेलायती नागरिक विभेश गुरुङ इङ्लिस प्रिमियर लिग (इपीएल) क्लब क्रिस्टल प्यालेसमा आबद्ध भएका छन्।

बेलायतको मेडस्टोन सहरका १६ वर्षीय गुरुङ मेडस्टोन युनाइटेड क्लबबाट छात्रवृत्तिमा दक्षिणी लन्डनको क्रिस्टल प्यालेसमा आबद्ध भएका हुन् । गुरुङ आगामी जुलाईमा मात्र आफ्नो नयाँ क्लबका सहकर्मीसँग सहभागी हुनेछन्।

केन्ट अनलाइनका अनुसार यू–१६ खेलाडीका रूपमा मेडस्टोनबाट खेल्दै आएका गुरुङलाई कति रकममा क्रिस्टल प्यालेसले भित्र्याएको हो भन्ने विषयमा भने केही खुलाइएको छैन । उनलाई पाँच महिनासम्म परीक्षणमा राखिने खबर अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

गुरुङ १८ महिनाअघि मेडस्टोन युनाइटेडमा आबद्ध भएका थिए । उनले आफूमाथि विश्वास गरेर मौका दिने र क्रिस्टल प्यालेसमा आबद्ध हुन सहयोग पुर्‍याउने मेडस्टोन युनाइटेडका पदाधिकारी, प्रशिक्षक, व्यवस्थापक र सहकर्मीप्रति कृतज्ञता व्यक्त गरेका छन्।





Comments

comments

Leave a Reply

16469