Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नइ भूपाल-दुर्गा पुरस्कारको स्थापना

नइ प्रकाशनले नइ प्रकाशनका संस्थापक तथा संरक्षक जनरल भूपालमानसिंह कार्की र निजकी श्रीमती दुर्गादेवी कार्कीका सम्मान र स्मृतिमा “नइ भूपाल दुर्गा पुरस्कार” को स्थापना गरेको छ।

पचास हजार रूपियाँ राशिको यो पुरस्कार अाध्यात्मिक चिन्तन अथवा समाजसेवाका क्षेत्रमा ख्याति कमाएका एक जना साधकलाई हरेक वर्ष प्रदान गरिने छ।

जनरल कार्कीको नेपालको समाजिक, राजनीतिक र धार्मिक क्षेत्रमा महत्वपूर्ण योगदान रहेको छ। उहाँ २०१४ र २०१५ सालमा मन्त्री पनि हुनुहुन्थ्यो।

नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो।

नइ प्रकाशनले देश विदेशका प्रतिभाहरूलाई हरेक साल ११ लाख रूपियाँ राशिका २६ वटा पुरस्कार प्रदान गर्दै आएको छ।
(नरेन्द्रराज प्रसाई)
सदस्यसचिव
नइ प्रकाशन





Comments

comments

1663