अनेसासमा तीन सदस्य मनोनयन, अन्तरदृष्टिमा सन्ध्या

समाचार प्रतिनिधि/ एचकेनेपाल डट कम-
बोस्टन , अमेरिका। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको रिक्त सदस्यहरूमा भगवती बस्नेत ( इजरायल ), भोला शिवाकोटी ” पुरानाघरे ” ( कोलोराडो), र कुसुम ज्ञवाली (क्यानाडा) लाई मनोनयन गरिएको छ।

लामो समयदेखि नेपाली साहित्यको सेवामा समर्पित तीनैजना लोकप्रिय र क्रियाशील सर्जक हुन्। समाजका अध्यक्ष पदम विश्वकर्माको अध्यक्षतामा आज बसेको कार्य समितिको बैठकले २०१४-२०१६ कार्यकालका लागि उक्त निर्णय गरेको हो।

यसैगरि वैठकले अनेसासको त्रैमासिक साहित्यिक प्रकाशन ” अन्तरदृस्टि” को प्रधान सम्पादकमा साहित्यकार सन्ध्या पहाडीलाई मनोनयन गरिएको जानकारी समाजका महासचिव गोवर्धन पूजाद्वारा प्रेषित विज्ञप्तिमा जनाइएको छ।

साहित्यकार पहाडीले नेपाल टेलिभिजनको साहित्यिक कार्यक्रम अभिव्यक्तिको निर्माण र प्रस्तुति गर्नुका साथै अनेसास नेपाल च्याप्टरको महासचिब , अन्तरदृष्टिको कार्यकारी सम्पादकको जिम्मेवारी पूरा गरिसकेकी छन्।

वैठकले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती भव्यताका साथ मनाउन सवै साहित्यकारहरु , संघ संगठन र अनेसासका च्याप्टरहरूलाई अनुरोध गर्ने र केन्द्रले यस पटकको लक्ष्मी जयन्ति बोष्टनमा मनाउने निर्णय पनि गरेको छ।





Comments

comments

1665