Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सुजाता कोइराला ३ महिनाको लागि काँग्रेसबाट निलम्बित

काठमाडौं, ८ असोज। संविधानसभा निर्वाचनमा पार्टी उमेद्वारविरुद्ध अन्तर्घात गरेको भन्दै नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले केन्द्रीय सदस्य सुजाता कोइरालासहित १ सय ८३ जनालाई कारबाही गरेको छ।

केन्द्रीय सदस्य आमोदप्रसाद उपाध्याय संयोजकत्वको ५ सदस्यीय समितिले पार्टीको झण्डै सात दशक लामो इतिहासमा पहिलो पटक केन्द्रीय सदस्य, सभासद,पूर्वमन्त्री, पूर्व जिल्ला सभापति, क्षेत्रिय सभापतिका साथै महासमिति सदस्यलाई कारबाही गरेको समाचार आजको नागरिक दैनिकमा छापिएको छ।

कारबाहीमा पर्नेमा केन्द्रीय सदस्य एवमं संसदीय समितिका सदस्य कोइराला, सभासद गणेशप्रसाद विमली, पूर्वमन्त्री सुशीला स्वाँर, पूर्वराज्यमन्त्री सुशीलमान शेरचन, पर्शुराम पोखरेल, पूर्वजिल्ला सभापति बिदुर बस्नेत लगायतका छन्।





Comments

comments

1668