Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

प्रेमीसंग मिलेर श्रीमानको हत्या

मोरङ, ८ आश्विन। परपुरुषसितको ‘अनैतिक सम्बन्ध’ लुकाउन एक महिलाले आफनै श्रीमानको हत्या गराएको खुलेको छ । सुनसरीको हरिपुर ८ भान्टावारी घर भएका चौपाया ब्यापारी मस्तकिम मियाँको हत्या आफनै जेठी श्रीमतीको योजनामा भएको खुलेको हो।

गत साउन २३ गते सप्तरीको भारदह १ कोसी ब्यारेजदेखि पश्चिम केराको बगानमा हत्या गरिएको अबस्थामा मस्तकिमको शव फेला परेको थियो। सप्तरीको तोपा स्थित पशु हटियामा चौपाया किन्न हिडेका मस्तकिमलाई बाटोमै हत्या गरिएको थियो। मस्तकिम हटिया पनि नपुगेको र घर पनि नफर्केपछि खोजी गर्दे जादा ब्यारेज पश्चिम केरा बगानको उनको शव फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका निरीक्षक दिपक कार्कीले बताए।

घटनाको अनुसन्धानमा जुटेको प्रहरीले मस्तकिमका दुईटी श्रीमतीलाई नियन्त्रणमा लिएको समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ। पछि कान्छी श्रीमतीलाई प्रहरीले रिहा गरी जेठी सबरुल खातुनलाई नियन्त्रणमा राखेको छ। क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार मस्तकिमकी जेठी श्रीमती सबरुलकै योजनामा उनको हत्या भएको अनुसन्धानबाट खुलेको छ। स्थानीय मतावुल मियासित सबरुलको लामो समयदेखि अनैतिक सम्बन्धबारे मस्तकिमले थाहा पाएका कारण श्रीमतीले उनको हत्या योजना बुनेको प्रहरी अनुसन्धानले देखाएकोछ।

परपुरुषसित रहेको अबैध सम्बन्धबारे श्रीमानले थाहा पाएपछि सबरुलले मतावुलसित मिलेर हत्या योजना बनाएको अनुसन्धानले देखाएको प्रहरीको भनाई छ। घटनामा संलग्न भएको आरोपमा प्रहरीले मस्तकिमकी जेठी श्रीमती सबरुल सहित हरिपुर ८ भान्टाबारीकै इस्लाम मिया र महिउद्धिन मियालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको कार्कीले जनाए।





Comments

comments

1670