Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

एमाले नेतृत्व थिए घेराबन्दीमा! ‘गोली नचलाएको भए अरु सयौं मारिने थिए’

काठमाडौं – सरकारले सप्तरीको राजविराजमा भएको गोलीकाण्डपछि त्यहाँका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र शसस्त्र प्रमुखलाई फिर्ता बोलाएको छ।

मंगलबार गृहमन्त्री विमलेन्द्र निधिले राजविराज घटनाका बारेमा सुरक्षा निकायका प्रमुखहरुसँग जानकारी लिएका छन्।

तीनवटा सुरक्षा निकायका प्रमुखहरुले राजविराज घटनाको बारेमा जानकारी गराउँदै यदि प्रहरीले समयमा गोली नचलाएको भए त्यहाँ सयौं मान्छे मार्ने अवस्था भएको जानकारी गृह मन्त्रालयलाई गराएका छन् ।

‘मधेसी मोर्चाले चारैतिरबाट घेरा हालेर एमालेको कार्यक्रमस्थलभित्र प्रवेश गर्न खोजेको र त्यहाँ उनीहरु प्रवेश गर्न खोजेको भए कल्पना गरिएभन्दा ठूलो मानविय क्षति हुने थियो ।’ घटनाबारे सुरक्षा प्रमुखहरुले गृहमन्त्रीलाई जानकारी गराएको बैठकमा सहभागी एक उच्च सुरक्षा अधिकारीले जानकारी दिए। समाचारपत्रले खबर छापेको छ।





Comments

comments

Leave a Reply

16684