Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बेलायतमा ईन्टेक ९९ ले यसरी मनाए १८ औ बार्षिकत्सव…

रोशन मेवाहाङ्ग/एचकेनेपाल डट कम-
लण्डन, २४ फाल्गुण । ईन्टेक ९९ले मिडवोएस्थित जिलिङ्गहामको एक निम्न माध्यमिक विद्यालयको सभाहलमा शनिबार १८ औ वार्षिकोत्सव मनाएका छन्।

सन् १९९९ सालमा भर्ती भएका ब्रिटिश गोर्खा सैनिकहरुको संस्था ईन्टेक १९९९ ले विविध कार्यक्रमका साथ १८ औ वार्षिकोत्सव मनाएको हो। कार्यक्रमको पहिलो सत्रमा वीरगति पाउनु भएका संस्थाका सदस्यहरुको संझनामा एक मिनट मौनधारण गरिएको थियो।

वार्षिकोत्सव अवसरमा व्याजिहरुबीच ईन्टेक १९९९ले गरेका विभिन्न कार्यहरुको बारेमा छलफल गर्दै आगामी बार्षिकत्सवको आयोजना कसरी प्रभावकारी बनाउने भन्ने बारेमा जिज्ञासा राख्दै धिरज राईले उपस्थित व्याजि परिवारलाई स्वागत मन्तव्य दिएका थिए।

संस्थाका केहि अघुवा सदस्यहरु मिलेर संयुक्त रुपमा केक काटेर हर्षोल्लामय वातावरणभित्र ईन्टेक भित्रकै गायक मिलन लामा (यार्पर)ले केहि समय अघि चर्चा पाएका एल्वम ’ईन्टेक विट’ बाट हेरी देउ मुस्कुराई देउ, मनकामना केवलकारमा छु, बोलको गीत प्रस्तुत गर्दा निकै रौनक मच्चिएको थियो । गायक लामाले मिरा कहिले रिसाउने ,पानी पर्यो असिना जर्यो र चुम्मेकी रात हे, हिन्दि गीत प्रस्तुत गर्दा कलिलो जवानिको याद आएको सभाहलमा उपस्थित मोहन साम्पांङ्ग,भविन सामपांङ्ग, गायक भुमिराज राई, सचिन थापा, कमल थापा, विवेकजंग शाह र गोपाल सारुले बताए।

नृत्य प्रतियोगिता समेत सम्पन्न गरीएको होडबाजिमा पहिलो स्थानमा पृथ्वी नेम्बांगङ्ग परिवार , दोस्रो स्थानमा विवेकजंग , सरु शाह र सचिन र संगीता थापाले तेस्रो स्थानको उपाधि चुमेका थिए।

गोर्खाहरुले बेलायत सरकारको राज मुकुटको सेवा गरिएका दुई सय बर्षगाठको उपलक्ष्यमा संसारकै अग्लो हिम शिखर सगरमाथा आरोहण गर्न पहिलो चोटि सुवर्ण अवसर विग्रेड अफ गोर्खाजका मुख्य कार्यलयले दिएका थिए । जस्कालागि विश्व कीर्तिमान कायम राख्न ईन्टेकका एक सदस्यले सगरमाथा चढ्ने मौका पाएका थिए । राष्ट्रमा माहभूकम्पले गर्दा वेश क्यापबाट फर्किनु पर्ने बाध्यता परेकोमा खेत व्यक्त गर्दै फेरी सगरमाथा आरोहण गर्न संस्थाका व्याजिहरुले शुभकामना दिएका थिए।

आरोही राईले भने–‘विश्व शान्ति र ईन्टेक ९९ संस्थाका नामकालागि र ‘म गोर्खा सैनिक भएकै कारण मेरो आँट संसारकै अग्लो हिम शिखर सगरमाथा चढ्ने मनोबल बढेको छ।

उक्त रमझम वार्षिकोत्सव कार्यक्रममा उपस्थित परीवारलाई व्याजि भविन्द्र साम्पाङ्ग(रोशन राई)ले औपचारीक धन्यावाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए।

कार्यक्रममा गायक भुमिराज राईले पत्रकार रोशन मेवाहाङ्गले रचना गरेका ‘हिमाल झै माया पग्लिरहोस्, साईनो हाम्रो अमर बनिरहोस्, सातौ जुनि हैन सयौ जुनि बोलको गीत सार्वजनिक गरेका थिए।

बेलायती गोर्खा सैनिकमा कार्यरत पत्रकार रोशन सेनामा भर्ति हुनु पूर्व ‘ब्लाष्ट टाईम्स’ पत्रिकाकामा कार्यरत थिए भेडेटार,धनकुट्टा, धरान जस्तो मनोहर ठाउँहरुमा रेपोर्टिंङ गर्दै हिडेका रोशन प्रकृतिसँग राम्ररी रमाउन जानेका छन्।

यसै क्रममा धेरै गीत कविता तथा भावनाहरु सुन्दर डायरीमा सिर्जना गर्दै गए तर देश र समाजमा लाहुरे प्रति हेरिने दृष्टि उनलाई पनि लाहुरे बन्ने सपनाले आफ्नो सुन्दर गाउँघरलाई थोरै समयकोलागि भए पनि छाड्न बाध्य भए।

तर उनको मन मस्तिष्कमा हिमाल, पहाड, झरना र खोलाको दृश्य परिदृश्यहरु तछाड-मछाड गर्दै घुमिरहे अनि जन्म भयो यो गीतको।
‘हिमाल झैँ माया अग्ली रहोस
साइनो हाम्रो अमर बनि रहोस…
सातौ जुनी सातौ जुनी होइन सयौ जुनी ।।’

यस गीतमा गीतकारले सुन्दर पहाड, झरना, खोला आदिलाई प्रयोग गरेर गीतलाइ रसिलो बनाएका छन् भने सरल संगीतले गीत जिवन्त बनेको छ।

यस गीतलाइ अहिलेको सर्वाधिक लोकप्रिय गायिका मेलिना राई र रेवत राईले आवाज दिएका छन भने संगीत चन्द्र श्रेष्ठले दिएका छन् । झापाली संगीतकार चन्द्र श्रेष्ठ लोक गायनबाट संगीत धरातलमा उदाएका एक आशा लाग्दा संगीतकारको रुपमा पनि लिन सकिन्छ। उदय पौडेलको एरेन्ज रहेको यस गीतलाई भर्खरै मात्र रेकर्ड गरि सकेका छन्।





Comments

comments

Leave a Reply

16676