बारा : सिमरामा जेनजी र एमाले समर्थकबीच झडप, साँझ ८ बजेसम्म कर्फ्यू

काठमाडौं, मंसिर ४ । बाराको सिमरा विमानस्थल क्षेत्रमा आज नेकपा (एमाले) निकट युवा संघको जागरण सभालाई लिएर तनाव उत्पन्न भएको छ।

-

एमाले महासचिव शंकर पोखरेल, जनसंगठन संयोजन समिति प्रमुख भानुभक्त ढकाल र पोलिटब्यूरो सदस्य महेश बस्नेतसहितका नेताहरू परवानीपुरमा आयोजित कार्यक्रममा सहभागी हुन सिमरा जाँदै थिए।

नेताहरू आउने जानकारी पाएलगत्तै जेनजीको एउटा समूहले विमानस्थल घेराउ गरेका थिए। यस क्रममा दुवै पक्षबीच ढुंगा–मुढा भएको र स्थिति तनावपूर्ण बनेको बताइएको छ।

वातावरण बिग्रिएपछि जिल्ला प्रशासन कार्यालय बाराले सिमरा क्षेत्रमा आज बेलुका ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ।





Comments

comments

134234