Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मिस नेवा पोखरा शनिबार हुँदै…

पोखरा, ४ चैत्र। मिस नेवा पोखरा नेपाल संवत ११३७ को ग्राण्ड फिनाले शनिबार पोखरामा हुने भएको छ । नेवा खलः कास्कीको आयोजनामा हुन लागेको सातौं संस्करणको मिस नेवा पोखरामा १७ प्रतियोगीले प्रतिस्पर्धा गर्दैछन् । पोखरा सभागृहमा दिंउसो १ बजे हुने कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको कार्यक्रम संयोजक शम्भुलाल श्रेष्ठले बताए ।

प्रतिस्पर्धामा नयाबजारका सरिष्मा उदास, गणेशटोलका सुमित्रा श्रेष्ठ, नदिपुरका ज्यास्मिन श्रेष्ठ, मोहोरियाटोलका रसना बुद्धाचार्य, बगरका आयुष्मा श्रेष्ठ, दमौलीका लक्ष्मी श्रेष्ठ, नयाबजारका सिम्रन श्रेष्ठ, तेर्सापट्टीका अंशु शाक्य, रामकृष्णटोलका निकिता लिगल, शिसुवाका सुमन श्रेष्ठ, बागबजारका श्रद्धा श्रेष्ठ, कुँडहरका बर्षा श्रेष्ठ, चिप्लेढुङ्गाका प्राथर्ना डङ्गोल, दुलेगौंडाका आकृति श्रेष्ठ ,हेम्जाका कृपा श्रेष्ठ, लेखनाथ शिसुवाका सुष्मी कतिला, तेर्सापट्टीका श्रीया श्रेष्ठ रहेका छन् । कार्यक्रममा नेवारी लाखे नाच, कुमारी नाच, चर्या नाच, धिमे बाजा तथा नेवारी नृत्यहरु समेत समाबेश गरिने आयोजकले जनाउको छ ।

मिस नेवाः पोखरा ११३७ का विजेताले ४० हजार नगद, फस्ट रनरअपले २५ हजार र सेकेण्ड रनरअपले १५ हजार नगदसहित प्रमाणपत्र र आकर्षक उपहारहरु प्राप्त गर्ने छन् । प्रतियोगितामा मिस ट्यालेण्ट, मिस स्माइल, मिस पर्सनालिटी, उत्कृष्ट नेवारी भाषा, भ्यवर च्वाइस, मोस्ट फ्रेण्ड्ली र मिस फोटोजेनिक गरि सात वटा बिधागत उपाधीहरु रहेको कार्यक्रम संयोजक शम्भुलाल श्रेष्ठले जानकारी दिए । बिधागत उपाधी बिजेताले जनही नगद रु ५ हजार प्राप्त गर्नेछन । उत्कृष्ट नेवारी भाषाका बिजेताले नगद रु ७ हजार प्राप्त गर्नेछन ।

नेपाल संवत ११३१ देखि शुरु गरिएको मिस नेवा पोखराको छैठौं संस्करणसम्म १ सय ६ जनाले भाग लिएको र ११३१ मा निकिता श्रेष्ठ, ११३२ मा रचिता नकर्मी, ११३३ मा सुमना बज्राचार्य र ११३४ मा रुचि श्रेष्ठ, ११३५ मा आशा श्रेष्ठ, ११३६ मा एलिशा जोशीले मिस नेवा पोखराको ताज पहिरन सफल भइसकेका छन् । कार्यक्रमबाट वचत रकम, नेवा खलः कास्कीले आयोजना गर्ने नेवारी साँस्कृतिक कार्यक्रममा टेवा पुर्याउने तथा भौतिक संरचना निर्माणमा सहयोग गर्ने भएको छ।





Comments

comments

Leave a Reply

16808