Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अनसनरत नन्दप्रसाद अधिकारीको निधनमा महासभाबाट समवेदना व्यक्त

एचकेनेपाल डट कम सम्वाददाता-
काठमाडौं। बह्माण्डीय सनातन धर्म महासभाले छोराको हत्याको दोषीलाई कारवाहीको माग गर्दै आमरण अनसन बसेका नन्दप्रसाद अधिकारीको मृत्यु भएकोमा चिन्ता र समवेदना व्यक्त गरेको छ।

नेपालकै इतिहासमा सबैभन्दा लामो समयसम्म आमरण अनसन बसिरहनु भएका नन्दप्रसाद अधिकारीको मृत्युले नेपालको राज्यको कानून तथा न्याय प्रणाली एवम् मानवअधिकारको क्षेत्रमा गम्भीर प्रश्नचिह्न र चिन्ता खडा गरेको छ । जसले न्यायप्रेमी आम–नेपाली स्तब्ध एवम् मर्माहत भएका छौं, विज्ञप्तिमा भनिएको छ।

महासभाका महासचिव दीपक सुवेदीले जारी गर्नुभएको प्रेस–विज्ञप्तिमा ‘आफ्नो छोराको हत्या भएको विषयलाई लिएर न्याय माग्दै आमरण अनसनमा बसेको व्यक्तिको सरकार तथा राज्यको लाचारी एवम् गैरजिम्मेवारी र राजनीतिक क्षेत्रको अमानुषिक असंवेदनशीलता र अकर्मण्यताले पराकाष्ठा नाघेको कारण उपयुक्त सुनुवाई नभई/न्याय नपाई जीवनलिला गुमाउन बाध्यहुनु भनेको विश्वको इतिहासमा सबैभन्दा लाजमर्दो तथा घृणित विषय हो’ भनिएको छ।

विज्ञप्तिमा अगाडि ‘यस दुष्कृत्यले विश्व समुदायकै अगाडि नेपालको शिर निउराउने बद्नामपूर्ण कार्य भएको छ । साथै यसले विश्वलाई नेपालको मानव अधिकार तथा मानवताको दैनीय स्थितिको नराम्रो सन्देश दिएको छ’ उल्लेख छ।

‘संक्रमण कालीन तरल राजनीतिक अवस्थाबाट गुज्रिरहेको नेपालमा अकर्मण्य राजनीतिक क्षेत्र परधर्मका मिसन तथा माफियाहरूको विभिन्न डिजाइनेसनको प्रयोगमा परेर नराम्रोसँग चुकिरहेको ज्वलन्त उदाहरण हो यो । यो घटनाले न्याय नपाए गोरखा जानु भन्ने लोकोक्तिको चुनौतिपूर्ण रूपमा उपहास गरेको छ’ महासचिव सुवेदीले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ।

यसै गरी विज्ञप्तिमा अगाडि ‘यसरी अन्यायमा परेको नागरिक न्यायको माग गर्नेक्रममा ३३० दिनसम्म अस्पतालको शैयामा छट्पटाएर न्याय नपाई ज्यान गुमाउन बाध्यहुनु पर्छ भने, अन्यायमा परेको जनतालाई न्याय दिननसक्ने राज्य–सरकार, जनन्यायको पक्षमा बोल्न तथा आवश्यक भूमिका निर्वाह गर्ननसक्ने राजनीतिक शक्तिको कुनै अर्थ रहन्छ र ? स्व. नन्दप्रसादलाई राष्ट्रले के भनेर सम्बोधन गर्छ ? र गर्नपर्छ ? सम्बन्धितले सोँच्न सकून’ भनी प्रश्न गरिएको छ।

यसरी मानवता, न्याय र शान्तिपूर्ण अहिंसात्मक अनसनमा जीवन गुमाउन बाध्य हुनुभएका महानआत्मा नन्दप्रसाद अधिकारीलाई लाचार राज्यसत्ताले अब कस्तो दृष्टिकोणले हेर्ने हो ? स्पष्ट जवाफ चाहिएको छ । उहाँको दिवंगत आत्माको उत्तरोत्तर लोकप्राप्ति होस र उहाँको आत्माले चीरशान्ति प्राप्त गरोस साथै यस मर्मान्तक घटनाबाट मर्माहत हुनुभएका उहाँका सकलपरिवार, बन्धुजन, स्वजन एवम् उहाँप्रति सच्चा श्रद्धा राख्ने सबैप्रति यस ब्रह्माण्डीय सनातन धर्म महासभा हार्दिक समवेदना प्रकट गर्दछ, भनिएको छ ।
यसै गरी, उहाँकी धर्मपत्नी जो सोही मागलाई लिएर आमरणअसनकै क्रममा अस्पतालमा मृत्युसँग लडिरहेकी हुनुहुन्छ को जीवन रक्षाको गर्न सम्बन्धित पक्षले समयमै ध्यान पुर्याओस भन्ने चेतावनी समेत महासभाले प्रटकट गर्दछ, भन्ने वेहोरा विज्ञप्तिमा महासभाको तर्फबाट महासचिव सुवेदीले उल्लेख गर्नुभएको छ।





Comments

comments

1684