Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मिस नेपाल र अनिल शाहले रोपे पाउलोनिया

शिब मुखिया / एचकेनेपाल डट कम –
वुधवार विहान मिस नेपाल सुविन लिम्वु र मेघा वैंकका सिइओ अनिल शाह वेग्लै धपेडीमा थिए। नयाँ वानेश्वरस्थित नोवेल एकेडेमी परिसरमा भेटिएका उनीहरु रुख रोप्न अग्रसर देखिए।

विद्यालय हातामा रुख रोप्न प्रेरित गर्दै उनीहरु त्यहाँ पुगेका रहेछन्। उनीहरु स्वंमको अगुवाईमा नोवेल एकेडेमीका अध्यक्ष सुरेन्द्र श्रेष्ठसहितले पाउलोनिया जातको विरुवा रोपे। पर्याप्त अक्सिजन दिने पाउलोनियाले विद्यार्थीको स्वस्थ्यमा सकारात्मक उर्जा दिने श्रेष्ठको भनाइ थियो। प्रत्येक विद्यालयमा रुख रोप्ने अभियान नै चलाइएको छ, सेभ द प्लानेटको अगुवाइमा। यहि अभियान अन्तर्गत नोवेलमा पाउलोनिया रोपिएको हो। सेभ द प्लानेटले काठमाडौंको १० वटा स्कुललाई नमुनाको रुपमा लिएर वृक्षरोपण गर्ने वताएको छ।





Comments

comments

1693