Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कहाँ के गर्दैछन् लोकमान ?

काठमाडौं, सर्वोच्च अदालतद्वारा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका लागि अयोग्य घोषित प्रमुख आयुक्त लोकमान सिंह कार्की जब महाभियोग प्रस्ताव संसदमा दर्ता भयो तब निलम्बन परे, अनि सबैतिरबाट ‘भ्याकुर’खेदाइमा परे।

ओराली लगेको मृगलाई सबैले खेदछन् भने झै कार्कीलाई कालोमोसो दलेर विप्लव माओवादीले बहादुरी देखायो । अख्तियार निवासमै पनि उनीमाथि पटक–पटक आक्रमण प्रयास भए । भौतिक कारवाहीका चेतावनी उनले उत्तिकै झेले । राज्यले पनि निरीह बनेका तिनै लोकमानमाथि नै निशाना दाग्यो र आजीवन सुरक्षा सुविधा खोस्ने निर्णय गर्यो।

यी सबै घटनाक्रमले निकै अपमानबोध गर्न पुगेका लोकमान सर्वोच्चबाट २०७३ पुस २४ गते अयोग्यको फैसला भएपछि अख्तियारको निवासबाट निस्किएर केही दिन आफ्नो भाईको घरमा बास बसे । त्यसपछि खै के सोचे, भारतको नयाँदिल्लीतर्फ हान्निए त्यसयता लोकमानबारे अनेक अड्कलबाजी भइरहेका छन्।

तैपनि, उनको अवस्था सार्वजानिक जानकारीमा आउन सकेको छैन । दाजुको मृत्युमा मन छुने फेसबुक स्ट्याटस लेखेका लोकमान त्यसयता सधै छाइरहने सामाजिक सञ्जालमा समेत निस्क्रिय छन् । आखिर हिजो आज लोकमान कहाँ के गर्दै छन्?

स्रोतका अनुसार, नेपाल छाडेर भारतको दिल्ली हिँडेका लोकमान डेढ महिना त्यतै बसेका थिए । त्यसपछि दिल्लीबाट श्रीमती र अन्य परिवारका सदस्यसहित क्यानडा लागेको खबर आएको थियो । यद्यपि, यसको पुष्टि अझैसम्म हुन सकेको छैन । तर, उनी निकटस्थहरु लोकमान सिंह अहिले पनि क्यानडामै रहेको दाबी गर्छन । काठमाडौं रहेका उनका मित्रहरुका अनुसार लोकमान सिंह कार्की यही राजनितिक परिस्थिति र अवस्थामा नेपाल फर्किने सोचमा छैनन् । उनले निकटहरुसँग अनिश्चितकालसम्म नेपाल नफर्किने बताएका छन्। साँघु साप्ताहिकमा खबर छ।





Comments

comments

Leave a Reply

17056