चर्चामा गायक प्रमोद खरेलको नयाँ म्यूजिक भिडियो

विजय थापा –

नेपाली सांगीतिक जगतमा एकदमै चर्चित यूवा गायक प्रमोद खरेलको नयाँ गीतको म्यूजिक भिडियो यतिखेर सामाजिक सञ्जालमा भाइरल बनेको छ।

यूटुवमा अपलोड गरेको दुई दिनमै १ लाख ८० हजारभन्दा बढी दर्शकले भिडियो हेरि सकेका छन्। यो गीतले खरेललाई पुनः एक पटक चर्चाको शिखरमा पुर्याएको छ। डीपी खनालको शब्द र राजनराज शिवाकोटीको संगीतमा तयार भएको लोक शैलीको यो गीतले नेपाली स्रोताहरुको मन जिति सकेको देखिन्छ।

अपहरण शैलीमा प्रियंका कार्कीलाई देखाइएको यो म्यूजिक भिडियोमा प्रमोद र प्रियंका मुख्य पात्रका रुपमा प्रस्तुत भएका छन भने अर्जुन तिवारीको छायॉंकन, सहास शाक्यको संगीत समायोजन, सम्पादन निशान घिमिरे र निर्देशन सुब्रत राज अाचार्यको रहेको छ साथै यस गीतको निर्मात्री दीपा सिटौला रहेकी छिन्।





Comments

comments

Leave a Reply

17058