Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नाइजेरियामा राजेश पायल राईले यसरी तताए

हिक्मत थापा / एचकेनेपाल डट कम –

नाइजेरिया, नेपाली नयाँ बर्षको उपलक्ष्यमा लोकप्रिय गायक राजेश पायल राईले एनआरएनए नाइजेरियाको आयोजनामा शनिवार लेगोसमा भब्य प्रस्तुती दिएका छन्।

उनले आफ्ना लोकप्रिय गीतहरु गाएर नाइजेरियाका प्रवासी नेपालीहरुलाई झण्डै तीन घन्टा मन्त्रमुग्ध पारेका थिए। राईले आफूले प्रथम पटक अफ्रिका महादेशमा आफ्नो प्रस्तुती दिन पाएकोमा एनआरएनए र अफ्रिकाका नेपालीहरुप्रति आभार ब्यक्त गरे।

उनले दर्शन नमस्ते , दिक्तेल बजार , नाई न भन्नू ल , तिमीले बाटो फेर्यौ अरे , नौजाले मायाले , शिरै फूल शिरबन्दी ,धरान धनकुटा भेडेटार लगायत दर्जनौ गीत गाए भने स्थानीय गायिका अन्जु पौडेलसँग सागर सरि चोखो माया भन्ने गीत गाएका थिए।

कार्यक्रममा लेगोसस्थित अमेरिकी नियोगका कन्सुलर ब्रेन्ट इ ओमडहीले यो कार्यक्रमले मलाई नेपाल र नेपाली संगीतप्रति लोभ्याएको र यस पछिको आफ्नो कुटनैतिक मिसनमा नेपाल जाने बताए।

त्यसै गरि कार्यक्रममा स्वागत गर्दै एनआरएनएका अन्तर्राष्ट्रिय समितीङिका कोषाध्यक्ष हिक्मत थापाले नेपाली संस्कृतिलाई एनआरएनहरुले बिश्वका हरेक कुनाहरुमा फैलाइरहेको र अफ्रिकामा पनि यो क्रमले गति लिन थालेकोमा खुशी ब्यक्त गरे।

कार्यक्रममा एनआरएनएका अफ्रिका क्षेत्रीय संयोजक सुनिल कार्की ,भारतीय दूताबासका अधिकारी सन्दीप पाल ,एनआरएनएका आइसिसी सदस्य चिरन्जिबी रोका ,एनआरएनए नाइजेरियाका अध्यक्ष जनक बिस्ट ,सचिब रोशन थापा , सदस्यहरु बिश्वाश पौडेल र रोहित भाङ्गर ,भोजपुरी समाज नाइजेरियाका जिबेश मिश्रा लगायतले बोलेका थिए।

त्यसैगरी स्थानीय नाइजेरियन कलाकारहरुले आफ्नो गीत र नृत्य प्रस्तुत गरेका थिए भने स्थानीय नेपालीका तर्फबाट अञ्जु पौडेल र सुहिम थापाले आफ्ना गीत सङ्गीत प्रस्तुत गरेका थिए।





Comments

comments

Leave a Reply

17060