Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

भूकम्प पीडितले गरे मिर्गौला पीडित संगीतकार सुक गुरुङलाई सहयोग

हुम तमु / एचकेनेपाल डट कम –

पोखरा, मिर्गौला पीडित भई उपचाररत गीतकार संगीतकार सुक गुरुङको उपचारका लागि उत्तरी गोरखा तमु समाज(फुङ)ले सहयोग गरेको छ।

रक्तचाप र मधुमेहका कारण दुई वर्ष अघिदेखि दृष्टिविहिन बन्न पुग्नु भएका श्रष्टा गुरुङको दुवै मिर्गाैला पीडित भई उपचार सहयोगको आग्रहका कारण गठित गीतकार संगीतकार सुक गुरुङ उपचार सहयोग समितिको आव्हानमा उत्तरी गोरखा तमु समाज(फुङ)ले २० हजार रुपैया सहयोग गरेको हो।

श्रष्टाको उपचारका लागि राज्यको तर्फबाट पहल हुनुपर्नेमा कुनै सहयोग प्राप्त नभईरहेको अवस्थामा उपचार सहयोग समितिले मिर्गौला पीडित श्रष्टाको उपचारका लागि अभियान संचालन गरेकोले उत्तरी गोरखा तमु समाज(फुङ)ले पनि आफ्नो तर्फबाट उक्त रकम सहयोग गरेको जित यात्री गुरुङले जानकारी दिनुभयो।

गतवर्षको महाभुकम्पले अत्यन्तै पीडित बनाएको उत्तरी गोरखाबासीलाई पीडाको महसुस ताजै भएकाले मिर्गौला पीडित गितकार संगीतकार सुक गुरुङको उपचारका लागि पीडा थोरै भए पनि मल्हम लगाउन खोजेको उहाँको भनाई छ।

यसैविच पीडित सुक गुरुङ उपचारको लागि चैत्र २३ गते पोखरा सभागृहमा उपचार सहयोग समितिले विविध साँस्कृतिक कार्यक्रम प्रस्तुतिसँगै सहयोग संकलन अभियानलाई समापन समेत गर्ने भएको छ।





Comments

comments

Leave a Reply

17098