नयाँ वर्षको आगमनमा साहित्य सन्ध्या र पुरस्कार सुशोभन

कोमल मल्ल –

लण्डन,३ अप्रिल २०१७: बेलायतस्थित नेपालीहरुको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद यूकेद्वारा नेपाली नयाँ वर्ष २०७४ को शुभागमनलाई साहित्यिक रमझम, पुरस्कार सम्मान् सुशोभन लगायतका विविध कार्यक्रम गरी भब्यताकासाथ सम्पन्न गरियो।

लण्डन स्थित वयम्ली तन्दुरी रेस्टुरेन्टको समारोह हलमा आयोजना गरिएको उक्त नव वर्ष उत्सव २८औं साहित्य सन्ध्या समारोहमा पुरस्कार शुसोभन् गर्नुहुदै प्रमुख अतिथि परिषद्का पदेन संरक्षक महामहिम नेपाली राजदूत डा.दुर्गा बहादुर सुबेदीले नेपाली नयाँ वर्षको शुभागमनमा साहित्यक स्वादन् र कविहरूलाई पुरस्कार सम्मान गर्न पाउदा आफूलाई खुसी लागेको कुरा चर्चा गर्नुहुदै वेलायतमा नेपाली साहित्य विकास परिषद्ले नेपाली भाषा साहित्य जस्ता नेपाली पहिचानहरूलाई जोगाउन अत्यन्त उदाहरणीय भूमिका निर्वाह गरिरहेको कुरा वताउनु भयो । उहाले नेपालका वरिष्ठ कवि गोपाल पराजुलीलाई परिषदको स्वर्णपदकले सम्मान गर्न पाउँदाको खुशी र कवि पराजुलीको साहित्यिक योगदानको चर्चा गर्नुहुँदै यस अवसरमा दूतावासको तर्फबाट पुरस्कृत तथा सम्मानित व्यक्तित्वहरूमा वधाई र नयाँ वर्षको शुभकामना पनि अर्पण गर्न चाहन्छु भन्नु भयो।

कार्यक्रममा परिषद्का सल्लाहकार यती संस्थाका पूर्व अध्यक्ष बरिष्ठ समाजसेवी डा.राघब प्रसाद धिताल ओबिईले बेलायतमा नेपाली नयाँ वर्षका अवसरमा नेपालका वरिष्ठ कवि गोपाल पराजुलीलाई हामीबीच पुरस्कारले स्वागत सम्मान गर्ने अवसर नेपाली साहित्य विकास परिषद्ले जुटाएर धेरै साहित्यिक मनहरूलाई प्रोत्साहन् पुराएको कुरा चर्चा गर्नुहुँदै कवि गोपाल पराजुलीको साहित्यिक व्यक्तित्व बारे प्रकाश पार्नु भयो । डा.धितालले नेपाली साहित्यको संस्थागत विकास गर्नमा परिषद्को ऐतिहासिक महत्व रहेको चर्चा गर्नु भयो।

यसैगरी अर्का अतिथि वक्ता यती नेपाली एशोशिएसन यूकेका अध्यक्ष श्रीमती पीपली देवानले विदेशी भूमिमा नेपाली भाषा साहित्यको उजागर गर्ने र साहित्यिक माहोलको थालनी गर्ने कार्यमा नेपाली साहित्य विकास परिषद्को भूमिका ऐतिहासिक रहेको कुरा चर्चा गर्नुहँदै पुरस्कार र सम्मानबाट सम्मानित कवि गोपाल पराजुली लगायतका व्यक्तित्वहरूमा यती संस्थाको तर्फबाट वधाई तथा जनसमाजमा नया वर्षको शुभकामना व्यक्त गर्नु भयो।

यस अधि पुरस्कार ग्रहण गर्नुहुँदै वरिष्ठ कवि गोपाल पराजुलीले काव्यिक शैलीमा शेक्शपियर्सको देशमा नेपाली मनहरूलाई भेट्न आफू कविता भएर आएको खुसी व्यक्त गर्नु हँदै अब धेरै माया र उत्साह बोकेर जाँदै छु भन्नु भयो । नेपाली साहित्य विकास परिषद् यूकेले नेपाली साहित्यको क्षेत्रमा प्रशंसनीय योगदान पुराउँदै एउटा इतिहास बनाएको छ यसै भित्र हामी सबै फूलेका छौ भन्नु हुँदै हाल यसको नेपाल च्यार्टरबाट पनि नयाँ र उल्लेखनिय कामहरू भइरहेका छन भन्नु भयो ।

सभापतिको आसनबाट बोल्नुहुदै परिषद्का संस्थापक तथा अध्यक्ष साहित्यकार सुरेश जंग शाहले नेपाली नया वर्ष आगमनसँगै बरिष्ठ कवि गोपाल पराजुलीज्यूलाई बेलायतमा गोल्ड मेडलले सम्मान गर्न पाउँदा हामीलाई गर्व लागेकोछ र परिषदमा एउटा गरिमामय इतिहास थपिएको छ भन्नु भयो । अध्यक्ष शाहले नेपाली भाषा साहित्यको फाँटमा संस्था भित्रबाट र बाहिरबाट उल्लेखनीय योगदान पुराउने साहित्यकार वा साहित्य प्रेमी समाजसेवी व्यक्तित्वहरूको योगदानलाई उच्चतम् मुल्याङ्कन् गर्दै परिषद्ले हरेक साल हाम्रो पहिचान् र जन्मकुन्डलीसँग जोडिएको नेपाली नया वर्षमा पुरस्कार र सम्मान गर्न थालेको पनि आज २३ वर्ष पुगेको र यो क्रम चलि नै रहने बताउनुहुदै आगामी महिना सम्पन्न हुने परिषद्को दसौँ कार्य समितिको खुल्ला निर्वाचनमा भाग लिन उत्सुक सबैमा आह्वान गर्दै परिषद्को तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्नु भयो।

यस अघि प्रमुख अतिथि परिषद्का पदेन संरक्षक डा.सुबेदीले गत वर्षको नेपाली साहित्य विकास परिषद यूकेबाट एन् एल् डि सि गोल्ड मेडल प्रथम पदक (२४ क्यारेट सुन र ५ तोला प्योर चाँदीको पदक) द्वारा सम्मानित वरिष्ठ कवि गोपाल पराजुलीलाई र साथै त्रिमूर्ति निकेतन काठमाण्डौ नेपालबाट सत्य मोहन जोशी शताब्दी महोत्सव २०७३ स्वर्ण पदकबाट सम्मानित कवि कोमल प्रसाद श्रेष्ठ मल्ल तथा कवि वसन्त राय क्षेत्रीलाई सुमधुर मंगल धुनबीच स्वर्ण पदक र सम्मान् पत्रद्वारा शुसोभन् गराउनु भएको थियो भने यस वर्ष उच्चतम आन्तरिक मुस्याङ्कनमा शीर्ष रहनु भई विशिष्ठ सम्मानद्वारा सम्मानित हुनु हुने पदाधिकारि दम्पतिहरू परिषद्का उपाध्यक्ष कवि गोकुल भण्डारी तथा श्रीमती विन्दू भन्डारी अर्याल र उपाध्य़ कवि रेशम अर्याल र श्रीमती सीता अर्याललाई विशिष्ठ सम्मान् -पत्र द्वारा सम्मान गर्नुभएको थियो।

यस अघि मंगल धुनबीच पुरस्कार तथा सम्मान सुशोभन स्तुति वाचन परिषद्का निवर्तमान अध्यक्ष खगेन्द्र नेपाली,पूर्ब अध्यक्ष हरि सिँह थापा, बरिष्ठ सहअध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्ल र सहअध्यक्ष ध्रुब केसीबाट गरिएको थियो ।

समारोहको शुभारम्भमा स्वागत मन्तव्य दिनुहुदै परिषद्का सहअध्यक्ष वरिष्ठ समाजसेवी कवि ध्रुब केसी, कार्यक्रम सन्चालन गर्नुहुँदै वरिष्ठ सहअध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्ल र महासचिव कवि डा.सुधा श्रेष्ठले वरिष्ठ कवि गोपाल पराजुली र उहाँकि धर्म पत्नी लक्ष्मी पराजुलीलाई बेलायतमा स्वागत गर्न पाउँदा खुसी गौरव लागेको चर्चा गर्नु हुँदै सबै साहित्यिक मनहरूलाई समारोहमा स्वागत र सम्मान गर्दछौँ भन्नु भयो ।

सो अघि समारोहमा पुरस्कार घोषणा गरिएका नेपाली भाषा साहित्य अभिवृद्धिमा उल्लेखनीय योगदान तर्फ एन एल डि सि गोल्ड मेडल दोस्रो २०१६ बाट सम्मानित व्यकतित्वहरूद्वय कवि हरिविभोर कार्की,अल्डरसर्ट र कवि ध्रुब केसी,वएम्ली र नेपाली साहित्य पुरस्कार २०१६ बाट पुरस्कृत कृतिकारहरूद्वय कवि तथा गितकार घनबहादुर थापा मगर (मेरो देश मेरो चिनो कविता संग्रहमा) र कवि तथा कथाकार हरिसिँह थापा ( नम्रताको कार्डिगन कथा संग्रहमा) लाई आगामी कार्यक्रममा शुसोभन गरिने जानाकारी दिनु हुँदै परिषदका उपाध्यक्ष तथा कृति मुलङ्कन् समितिका संयोजक वाचसपति रेग्नीले पुरस्कार मुल्याङ्कन वारे प्रकाश पार्नु भएको थयो।

समारोहको दोस्रो चरणमा कविता वाचन गर्नुहुने कविहरूमा वरिष्ठ कवि गोपाल पराजुली ,वसन्त रायक्षेत्री,रिता गौतम,घन बहादुर थापामगर,गोपाल शाही, वासु शर्मा, मनोज अन्जान, रेशमलाल अर्याल, गोकुल भन्डारी, वाचस्पति रेग्मी, ध्रुब केसी, खगेन्द्र नेपाली, डा.सुधा श्रेष्ठ, रेशम अरयाल,कोमल प्रसाद श्रेष्ठ मल्ल, हरि सिँह थापा,मन्दिरा प्रसाई, पिपला देवान,फडिन्द्र भट्टराई,विमला गौतम, लक्ष्मी राई र ध्रुब केसी अादि हुनु हुन्थ्यो भने नेपालबाट पाल्नु भएका श्री द्वारिका शर्माले रोचक हास्यब्यङ्ग प्रस्तुत गरेर निकै हसाउनु भएको थियो।

यसैगरी गीत संगित रहेको तेस्रो चरणमा वाल कलाकार रश्मी गौतमबाट आकर्षक नृत्य प्रस्तुत गर्नु भएको थियो।

समारोहमा यसअघि घन बहादुर थापा मगर ,श्रीमती कृष्णा थापा मगर,ध्रुब केसी, श्रीमती कोहिनूर श्रेष्ठ मल्ल,खगेन्द्र नेपाली र सुरेशजंग शाह लगायतका पदाधिकारीहरूबाट वरिष्ठ कवि गोपाल पराजुली र श्रीमती लक्ष्मी पराजुलीमा बिभिन्न उपहारहरू अर्पण गरिएको थियो ।

रमाइलो रात्रिभोजकासाथ साहित्य सृजना तथा गीत संगित प्रस्तुति रहेको उक्त समारोहमा नेपाली राजदुतावास परिवार लगायत विभिन्न संघ सँस्थाका प्रतिनिधिहरू, विध्यार्थी, साहित्यकार, कलाकार, पत्रकार,समाजसेवी तथा साहित्यप्रेमी जनसमाजको उत्साहवर्धक सहभागिता रहेको थियो ।

समारोहलाई सफल बनाउन योगदान पुराउनु हुने सर्बश्री डा.राघव प्रसाद धिताल, श्रीमती डा.जनक कुमारी धिताल, घनबहादुर थापामगर, कृष्णा थापामगर, हरि सिह थापा ,देवकुमारी थापा,मिनु चिब्बर,खगेन्द्र नेपाली, ध्रुब केसी, सोलिसिटर राजु थापा, सुधा श्रेष्ठ, मिरा कार्कि,महन्त श्रेष्ठ,मिजास तेम्बे,बाचस्पति रेग्मी ,केदार तथा गमला न्यौपाने,बसन्त राय क्षेत्री ,रेशमलाल अर्याल,सनम बैराग,एभरेष्ट गौतम,बिमला गौतम, ज्ञानेन्द्र राउत, कोहिनूर मल्ल,वीरेन्द्र कुँवर,गोकुल भण्डारी,मनोज अन्जान,विजय हितान,रिता गौतम,दौलत कुमार राई आदि पदाधिकारीहरू हुनुहुन्थ्यो भने सहयोगात्मक रात्रिभोज सुपथ व्यवस्थापन ओम तामाङ् वयम्ली रेस्टूरेन्ट परिवारबाट भएको थियो ।

परिषद्का संस्थापक तथा अध्यक्ष सुरेश जंग शाहको सभापतित्व रहेको उक्त कार्यक्रमको संचालन सह अध्यक्ष कोमल मल्ल र महासचिब डा. सुधा श्रेष्ठबाट गरिएको थियो।





Comments

comments

Leave a Reply

17155