Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

२ करोड अनियमिततामा संलग्नता आरोपमा टीका पक्राउ

अर्जुन गिरी / एचकेनेपाल डट कम –

पोखरा, २५ चैत। नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाले बैंक खाताका डिजिटल कोडहरु अनाधिकृत रुपमा हात पारेर त्यसको दुरुपयोग गरी रकम निकाल्ने गिरोह समात्न सफल भयो। महाशाखाले गिरोहका मुख्य योजनाकारसहित आठजनालाई काठमाडौंका विभिन्न ठाउँबाट चैत ७ गते पक्राउ गरेको थियो।

विभिन्न ठाउँबाट गरी ३ करोड ३० लाख रुपैयाँभन्दा धेरै रकम निकालेको भन्दै महाशाखाले चैत ८ गते त्यो गिरोहलाई काठमाडौंमा सार्वजनिक गर्यो । गिरोहका नाइके सुरेश केसीसहित आठजनालाई सोधपुछ गर्दा पोखरा लेकसाइडको टीका रिसोर्टबाट सबैभन्दा धेरै रकम निकालेको जानकारी महाशाखाले पायो । प्रहरीका अनुसार टीका रिसोर्टबाट त्यहाँको स्वाइप मेसिन प्रयोग गरी २ करोड रुपैयाँभन्दा धेरै रकम निकालिइएको छ ।
गिरोहले दुई वर्षयता टीका रिसोर्टसहित नयाँदिल्लीको चारवटा कपडा पसलबाट ३ लाख भारतीय रुपैयाँ, काठमाडौं क्षेत्रपाटी डिसोभिनियरबाट ३० लाख, चाबहिलस्थित चाँदनी ज्वेलर्सबाट ४७ लाख, भक्तपुरको पौराणिक थान्का तथा माला पसलबाट ४५ लाख र महाराज लिककायर कम्पनीबाट ४ लाख रुपैयाँ अनाधिकृत रुपमा निकालेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ।

पोखराको टीका रिसोर्टबाट सबैभन्दा धेरै रकम निकालेको भन्ने बयान आएपछि महाशाखाको ध्यान पोखरातिर तानिनु स्वभाविकै थियो । गिरोहका नाइके केसीको बयान मात्र नभएर बैंकमा बुझ्दा समेत टीकाबाट ठूलो रकम निकालिएको पत्ता लागेपछि महाशाखाको एक टोली अनुसन्धानका लागि पोखरा आयो।

महाशाखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) अजय केसी नेतृत्वमा आएको टोलीले टीका रिसोर्टका सञ्चालक टीका पौडेललाई रिसोर्टबाटै नियन्त्रणमा लियो । त्यो गिरोहलाई सहयोग गरेको अभियोगमा महाशाखाले टीकालाई अनुसन्धानका लागि बुधबार बिहानै काठमाडौं लग्यो । अनुसन्धानका लागि टीकालाई काठमाडौं लगिएको डिएसपी केसीले समाधानलाई बताए । ‘ठूलो रकम निकालिएको देखिएको छ,’ उनले फोनमा भने, ‘त्यही भएर अनुसन्धानका लागि ल्याउनु परेको हो ।’ गिरोहको बयान अनुसार पनि टीका रिसोर्टले सहयोग गरेको खुलेको उनले बताए । ‘यति नै हो भनेर रकम खुलेको छैन,’ उनले भने, ‘हिमालयन र नबिल बैंकको स्टेटमेन्टमा पनि टीका रिसोर्टबाट निकालिएको खुलेको छ ।’ बैंकसँग पनि जानकारी मागेको उनले बताए । ‘हामीले बैंकसँग कति रकम हो भनेर मागेका छौं,’ उनले भने, ‘कति रकम कुन मितिमा निकालेको भनेर शुक्रबार बंैकले स्टेटमेन्ट दिन्छ ।’
आफ्न आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । गिरोहले टीका रिसोर्टको स्वाप मेसिन प्रयोग गरी अर्काको बैंक खाताको पैसा रिसोर्टको बैंक खातामा सार्ने र मिलीजुली पैसा भाग लगाउने गरेको आरोप
हिमालयन र नबिलबाहेक बैंकबाट समेत गिरोहले रकम निकालेको हुन सक्ने भन्दै महाशाखाले अनुसन्धान अघि बढाएको छ । गिरोहले अनधिकृत रुपमा हात पारेका बैंक खाताका पासवर्डलाई म्याग्नेटिक स्टिप कार्ड रिडर (एमएमआर) नामक मेसिन मार्फत खाली एटिएम कार्डहरुमा भर्ने काम गरेको खुलासा भयो। उनीहरुले काठमाडौं उपत्यका र भारतका ठूला ठूला उद्योगी व्यापारी तथा विभिन्न कम्पनीले व्यावसायिक कारोबार सञ्चालनका निम्ति उपयोग गर्ने एटिएम कार्ड स्वाप गर्ने मेसिन (पोइन्ट अफ सेल) मार्फत हात पार्थे । प्रहरीका अनुसार ठूलो कारोबारी र होटलहरुले डिजिटल आर्थिक कारोबारका निम्ति पोइन्ट अफ सेलको प्रयोग गर्छन् । प्रहरीका अनुसार गिरोहले कार्ड स्वाइप गर्दा सपिङ गर्न पिनकोड नचाहिने भएकाले सजिलै अनाधिकृत रुपमा रकम निकाल्न सकेका हुन्।

त्यसरी सपिङ गर्दा थोरै रकम मात्र प्रयोग गर्न सकिने भएकाले उनीहरुले होटल सञ्चालक र ठूला पसलको सञ्चालकसँग मिलेर धेरै रकम निकाल्ने गरेको प्रहरी स्रोतले बतायो । ‘दुई पक्ष मिलेपछि सजिलै ठूलो रकम निकाल्न मिल्यो,’ स्रोतले भन्यो, ‘त्यसरी निकालेको रकम गिरोह र सञ्चालकले बाँड्छन्।’

महाशाखाले पक्राउ गरेको आठ जनामध्ये ६ जना नेपाली र दुईजना भारतीय नागरिक हुन् । चोरीका मुख्य योजनाकार दोलखा भीमेश्वरका ३४ वर्षीय सुरेश केसी, ललितपुर कुसुन्तीका ३१ वर्षीय केवलप्रताप जबरा, काठमाडौं क्षेत्रपाटीका ३० वर्षीय अनुज नकर्मी, २७ वर्षीय अभिषेक नकर्मी, २३ वर्षीय रोमन महर्जन, पौराणिक थान्का तथा माला सप्लायर्स, भक्तपुरका सञ्चालक काभ्रे मेन्छेका ३२ वर्षीय विजय लामालाई महाशाखाले पक्राउ गरेको हो।

कुसुन्तीका जबरा दुई वर्षअघि बंैकिङ कसुरमा प्रहरी परिसर ललितपुरबाट कारबाही भोगिसकेका व्यक्ति हुन् । भारत नयाँ दिल्ली आश्रमका २९ वर्षीय नदिम खान र लखनउ जिल्ला माडियाउँ थाना जानकीपुरम टोलका ३१ वर्षीय आइटी इन्जिनियर अभिषेक पाण्डे पक्राउ परेको हुन् । पक्राउ परेको आठ जनालाई महाशाखाले बंैकिङ कसुर ऐनअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको हो।

कसरी हुन्छ ठगी ?
किनमेल वा सेवाको भुक्तानी गर्दा एटिएम कार्ड पोओएस मेसिनमा घोटेर ग्राहकको बैंक खाताको होटल रेस्टुरेन्ट वा पसलेको बैंक खातामा सारिन्छ । त्यसो गर्दा उक्त मेसिनमा पिनकोड हान्नु पर्दैन । एटिएमका कार्डमार्फत बैंक ठगीमा लागेको गिरोहले विदेशका विभिन्न व्यक्तिको बैंक खाताको डाटा ह्याक गरी नयाँ एटिएम कार्डमा डाटा सार्छन् । त्यसरी बनाएको एटिएम कार्ड आफ्नो मिलेमतो रहेको पसल, होटल वा रेस्टुरेन्टको पिओएस मेसिनमा घोट्छन् र चाहेको रकम उल्लेख गर्छन् । त्यति गर्नासाथ विदेशका व्यक्तिको बैंक खाताको पैसा जसको स्वाप मेसिन हो उसैको बैंक खातामा सर्छ । कुनै सेवा नलिई वा केही किनमेल नै नगरी आफ्नो बैंक खातामा पैसा ल्याइदिने लोभमा पसलेहरु ठग गिरोहको फन्दामा परेको प्रहरी अधिकारी बताउँछन् । त्यसरी खातामा पैसा सारिदिएबापत ठग गिरोहले केही पैसा स्वाप मेसिन धनीलाई दिने र अरु आफूले लिने गर्दै आएको थियो । कुनै किनमेल नगरी वा वस्तु तथा सेवाको उपयोग बिना स्वाप मेसिन नगद लेनदेनका लागि प्रयोगमा ल्याउनु बैंकिङ कसुर मानिन्छ । टीका रिसोर्ट सञ्चालक पनि त्यसरी ठग्ने गिरोहको फन्दामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धान हो।





Comments

comments

Leave a Reply

17151