क्यालिफोर्नियामा नेपाल साँझ तथा महजात्रा भव्य रुपमा सम्पन्न

क्यालिफोर्निया प्रतिनिधि –
नेपाली हास्य जगतका सम्राट भने पनि हुने मदन कृष्ण श्रेष्ठ र हरिबँश आचार्यको जोडी अथवा प्रसिद्ध मह जोडीको यही सेप्टेम्बर २० का दिन क्यालिफोर्नियाको सान फ्रान्सिसकोमा भव्य एबम अभूतपूर्व रुपमा सम्पन्न भएको छ।

उपस्थित दर्शक अनुसार त्यति भव्य उपस्थिति र त्यति मनोरन्जनात्मक तथा व्यवस्थित कार्यक्रम् एन ए एन सी इतिहासमा नै नभएको बताए। औपचारिक रुपमा उपस्थिति संख्या निस्चित नभैसकेको भए पनि पन्ध्र सयको हाराहारीमा उपस्थिती रहेको अनुमान गरीएको छ। उत्तर क्यालिफोर्नियाको छाता संगठन भनेर चिनिने नेपाली असोसियसन अफ नर्दन क्यालिफोर्नियाले हरेक बर्ष गर्दै आएको नेपाल साँझ र महजात्रा एकैपटक भव्य रुपमा सम्पन्न गर्ने निर्णय भए अनुसार् प्रमुख आयोजक एन ए एन सी र अन्य ७ वटा प्रभावशाली संघ सस्थाहरू सम्मिलित आयोजक समितीले सो कार्यक्रमको लागि व्यापक तयारी गरेको थियो।

सहआयोजक संस्थाहरूमा सनी सगरमाथा समाज,नेपाली जन संपर्क समिती अमेरीका क्यालिफोर्निया च्याप्टर, लायन्स क्लब अफ बर्क्ली अन्नपुर्ण, लायन्स क्लब अफ फ्रीमोन्ट सगरमाथा, नेपाल असोसियसन फर ग्लोबल कोअपरेसन NAGC, स्काई ओभरसिज Inc. अब्रोड नेपाल Inc. रहेका छन्। पूर्व घोषणा अनुसार् सो कार्यक्रमबाट उठेको नाफा मध्यको एक मह्त्वपूर्ण अंश एन सी सी र नेपालका बाढी पीडितहरूलाई प्रदान गरिने सस्थाका तथा कोषाध्यक्ष नारयण प्रसाद पोखरेलले बताउनु थियो भने सभापतीको आसन बात बोल्दै अध्यक्ष उत्तम कार्कीले एकतामा जादू रहेको र हामी सबैमा एकता भयो भने जे पनि गर्न सकिने बताउनु भयो। उहाँले पूर्व घोषित निर्णय अनुसार् बाढी पीडितहरूको लागि उचित खर्च गरिने स्पष्ट पार्दै अब सम्पूर्ण समुदायलाई नेपाली कम्युनिटी सेन्टरको लागि एक जूट हुन आव्हान गर्नु भयो।

अस्ट्रेलिया, इङ्ल्याण्ड र नेपालको अपार सफलतापछि महजात्रा अमेरिकाको नाममा अमेरिकाका महत्वपूर्ण शहरहरुमा प्रस्तूती हुने क्रममा गत सेप्टेम्बर २० का दीन क्यालिफोर्नियाको सान फ्रान्सिसकोमा नेपाल साँझ तथा महजात्रा सम्पन्न भएको हो। मदन कृष्ण श्रेष्ठ तथा हरिबँश आचार्यसँग नेपालका उच्च कोटीका कलाकारहरू बसुन्धरा भुसाल, किरण के सी, मोहित आचार्य, शिवहरी पौडेल, यमन श्रेष्ठ लगायतका कलाकारहरूको महासङ्गम रहेको सो कार्यक्रम एक दुर्लभ मनोरञ्जनको महोत्सव भएको पर्यबेक्षकहरूले बताए। सुनमा सुगन्ध भने जस्तै सो कार्यक्रमको यन्कर गिनिस बूकमा आफ्नो नाम लेखाउन सफल प्रकाण्ड वक्ता रवि लामिछानेले गरेको हुनाले कार्यक्रमको उत्कृष्टतामा चार चाँद लागेको दर्शकहरूले बताए।

एन ए एन सी महासचिव रबिन्द्र राईद्वारा संचालित औपचारिक कार्यक्रमको सभापतित्व एन ए एन सी /एन सी सी सभापति उत्तम कार्कीले गर्नु भएको थियो भने, एन एन एन सीका महत्वपूर्ण संस्थापकका रुपमा सम्मान पाएका एन ए एन सी तदर्थ समितिका प्रथम अध्यक्ष तथा समाजसेवी गोविन्द शाहीले प्रमुख अतिथिको आसनबाट बोल्नु भएको थियो। कार्यक्रममा आयोजकसस्थाका अध्यक्षहरू जन संपर्क समिति अमेरिका क्यालिफोर्निया च्याप्टर्का सभापति चन्द्र धिताल, लायन्स क्लब अफ बर्क्ली अन्नपुर्णकी अध्यक्ष हेमा पनेरु, सनि सगरमाथा समाजका अध्यक्ष हरिहर दाहाल, एन ए जी सी अन्त्र राश्ट्रिय अद्धक्ष मणी नेपाली पनेरु, लायन्स क्लब अफ फ्रिमोन्ट सगरमाथाका अधक्ष राजन बर्तौला, स्काई ओभर्सिज इन्टर्टेन्मेन्टका प्रमुख तथा एन ए जी अन्तर्राष्ट्रिय उपाधक्ष युवराज कार्की, अब्रोड नेपालका प्दाधिकारीहरूलाई मन्चमा आमन्त्रण गरी सम्मान गरीएको थियो। सो कार्यक्रममा चन्द्र धिताल, कार्यक्रम् संयोजक द्वय सुजित सिंह तथा ईश्वर सापकोटा तथा सभापतीको आसनबाट एन ए एन सी अध्यक्ष उत्तम कार्कीले बोल्नु भएको थियो।





Comments

comments

1719