Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

हिमानी ट्रष्टमा जागिर लगाइदिने भन्दै १५४ जनालाई ठग्ने पक्राउ


हिमानी शाह (फाईल फोटो)

१ वैशाख, झापा । हिमानी ट्रष्टमा जागिर लगाइदिने भन्दै १५४ जना सर्वसाधारणलाई ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२० निवासी ६६ वर्षीय नित्यरत्न शाक्य रहेका छन् । उनले १५४ सर्वसाधारणबाट करिब रु १४ लाख ठगी गरेको इप्रका, बिर्तामोडले जनाएको छ।

आफू हिमानी ट्रष्टको प्रत्यक्ष निगरानीमा सञ्चालन हुने हु वल्र्डवाइड एसोसिएसन, झापाको निर्देशक भएको बताउँदै संस्थाको विभिन्न पदमा जागिर लगाउने प्रलोभन देखाएर सर्वसाधारणबाट सो रकम ठगी गरेको बताइएको छ।

पक्राउ परेका शाक्यले स्वीडेनको दातृ संस्थाबाट सञ्चालित हिमानी ट्रष्टका नाममा झापामा कार्यालय सञ्चालन गर्दैआएको र झापा, मोरङ, इलाम, पाँचथर र ताप्लेजुङका सर्वसाधारणबाट रकम ठगी गरेको इप्रका, बिर्तामोडका प्रहरी निरीक्षक प्रकाश जबेगुले जानकारी दिनुभयो।

हिमानी ट्रष्टद्वारा सञ्चालित हु वल्र्डवाइड एसोसिएसन संस्था झापाको बिर्तामोडमा हिमानीले उद्घाटन गर्ने र सोही संस्थामा विभिन्न पदमा जागिर लगाइदिने आश्वासन बाँडेर उनले सर्वसाधारणलाई ठगी गरेको प्रहरी निरीक्षक जबेगुले बताउनुभयो।

इप्रकामा आफूहरु ठगिएको भन्दै सर्वसाधारणले उजुरी गरेपछि प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले ठगीमा संलग्न शाक्यलाई काठमाडौँस्थित उनकै घरबाट पक्राउ गरेको बताइएको छ।

ठगी मुद्दामा जिल्ला अदालत, झापामा बिहीबार म्याद थप गरी शाक्यमाथि थप अनुसन्धान थालिएको प्रहरी निरीक्षक जबेगुले बताउनुभयो। रासस





Comments

comments

Leave a Reply

17333