Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बेलायतमा भएको यलम्बरहाङ कप २०१७ भेटरेन र सुपर भेटरेन दुबै उपाधि एफसी केन्टको पोल्टामा

सुरेन्द्र इङ्नाम

केन्ट वेलायत। वेलायतको फेल्थाम स्पोर्टस क्लवमा किरात याक्थुङ चुम्लुङ केन्द्रीय कमिटीले अप्रिल १५ तारिख आयोजना गरेको १० औ यलम्बरहाङ कप भेटरेन र सुपर भेटरेन तर्फबाट दुबै कपको उपाधि एफसी केन्टको पोल्टामा परेको छ।

हरेक वर्षमा झै यस वर्षपनि जम्मा ३३ वटा टिमहरुले भाग लिएका थिए। जसमा १८ वटा मेन टिम, ८ टिम भेटेरेन, ७ टिमहरु सुपर भेटेरेन रहेको थियो।

सुपर भेटेरेन टिम फाईनलमा धरान टिमसंग कडा प्रतिस्पर्धा परेपछि अन्त्यमा प्यानल्टी शुटबाट एफसी केन्टले बिजय हात पारेको हो। भेटेरेन टिम के वा ई सी रोसमोर शाखासँग कडा प्रतिस्पर्धा परि १० मिनेटको थप समयमा गोल हान्न सफल भएपछि जित हात पारेको हो।

१८ वटा मेन टिमहरुमा १७ टिमहरुलाई पछि पार्दै फाईनलमा रिडिङ्ग युनाईटेडलाई पछि पार्दै मंगोलियन भन्जाजले शिल्ड हात पारेको हो।

पुरस्कार वितरणको समयमा कि या चु केन्द्रीय कमिटीको अध्यक्ष काजिमान यक्सोले सम्पूर्ण टिमहरुलाई बधाई तपाईहरुको सहभागिताले गर्दा यो कार्यक्रम सफल भएको बताउनु भएको थियो। बिहान १० बजेबाट शुरु भएर साँझ ७ बजे सकिएको उक्त कार्यक्रमलाई महेश वनेम, मान तबेबुङ र महाशचिब खगेन्द्र लावतीले संयुक्तरुपमा संञ्चालन गरेका थिए।





Comments

comments

Leave a Reply

17356