Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

शैलेश र जेनीले जिते इनास युरोपस्टारको उपाधि

सागर नकर्मी

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को पाँचौं युरोपस्तरीय एकल नृत्य प्रतियोगिता तथा दोस्रो एकल गायन प्रतियोगिता डेनमार्कको राजधानी कोपन्हेगनमा भब्य रुपमा सम्पन्न भएको छ।

नेपाली नयाँ वर्षको अवसर पारेर डेनमार्कको राजधानी कोपन्हागनामा सम्पन्न इनास युरोपको पाँचौ महादेशीय नृत्य र दोश्रो गायन प्रतियोगिताको अन्तिम प्रतिष्पर्धामा नृत्यतर्फ बेलायतकी जेनी सुनुवार र गायन तर्फ डेनमार्कका शैलेश बिक प्रथम भै इनास युरोप स्टारको उपाधि जितेका छन्।

युरोप महादेशस्तरीय यस कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा रहेका गैरआवासीय नेपाली संघ अन्तरर्राष्ट्रिय परिषदका अभियन्ता समेत रहेका नेपाल जर्मनी मैत्री संघका अध्यक्ष तथा जर्मनीका लागि नेपाली कन्सुलर राम प्रताप थापा विशेष अतिथिको रुपमा रहेका डेनिस पार्लियामेन्टका सदस्य तथा सोसिअल डेमोक्राट पार्टिका युरोप प्रवक्ता पिटर हम्मेल्गार्ट थोम्सन, इनास युरोप संयोजक अर्जुन काफ्ले तथा एनआरएनए डेनमार्कका अध्यक्ष दिपेन्द्र चुडालले सयुक्त रुपमा पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए।

युरोप बिभिन्न देशहरुबाट छानिएर आएका दश जना नेपाली प्रतिस्पर्धी रहेको उक्त प्रतियोगितामा बेलायतकी जेन्नी सुनुवारले युरोपकै सर्वोत्कृष्ट नृत्यांगनाको उपाधि हासिल गर्न सफल भएकी हुन्। उक्त प्रतियोगितामा नेदरल्यान्ड्सकी पूजा सुब्बाले दोस्रो र डेनमार्ककी कोपिला शाक्यले तेस्रो स्थान हासिल गर्दै आफूलाई युरोपकै उत्कृष्ट नृत्यांगनाको रुपमा स्थापित गराए।

त्यस्तै गायन तर्फ डेनमार्कका कलाकार शैलेश बिकले यस वर्ष युरोपको सर्वोत्कृष्ट नेपाली गायकको रुपमा आफूलाई स्थापित गराए भने बेल्जियमका अर्जुन शाही र जर्मनीकी लक्ष्मी तामाङ्गले क्रमश: दोश्रो र तेश्रो स्थान हासिल गर्दै आफूलाई उत्कृष्ट गायकको रुपमा उभ्याएका छन्।

नृत्यमा लामो अनुभव र दख्खल भएका नायिका वर्षा खड्का, रजनी सुनुवार र नेपाली नृत्यमा पारङ्गत जर्मनीकी शार्हाजाद हाउस्मान तथा गायन तर्फ चर्चित गायिका शर्मिला बर्देवा, संगीतकार चेतन सापकोटा र गायक सुवास सुन्दास रहेकों निर्णायक मण्डलले नृत्य तर्फ भेषभुषा, ताल, कोरियोग्राफी, हाउभाउ र समग्र प्रस्तुति तथा गायन तर्फ आवाज, रिदम र प्रस्तुति हेरेर प्रदान गरेको संयुक्त अंकको आधारमा बिजेता घोषित गरिएको जानका री इनास डेनमार्कका अध्यक्ष सन्त कुमार थापा मगर र कार्यक्रम संयोजक रबिन्द्र खड्काले जानकारी गराएका छन्। दुवै विधाका बिजेताहरुलाई ‘इनास युरो स्टार २०१७’ को उपाधि सहित क्रमश: सात सय, पांच सय र तीन सय युरो नगद, ट्रफी र प्रमाण पत्र प्रदान गरे भने अन्य सबै प्रतियोगीहरुले प्रमाणपत्र र मायाको चिनो प्राप्त गरेको ग्लोबल सदस्य राजमान तामाङ्गले बताए।

कार्यक्रममा बेल्जियम, पोर्तुगल, पोल्याण्ड, नेदरल्यान्ड्स, चेक रिपब्लिक, जर्मनी, इटाली, डेनमार्क, स्विजरल्याण्ड, बेलायत लगायत युरोपका देशहरुबाट दुइदर्जन बढी कलाकारहरु तथा सयौंको संख्यामा गीत-संगीतप्रेमी दर्शकहरुको कार्यक्रममा उपस्थिति रहेको थियो।

नेपाली राजदूतावास डेनमार्क, एनआरएनए राष्ट्रिय समिति डेनमार्क, नेपाली जनसम्पर्क समिति डेनमार्क, प्रवाशी नेपाली मंच डेनमार्क, नेपाली जनप्रगतिशील मंच डेनमार्क, क्रियटिभ नेपालीज वोमन डेनमार्क, जर्मन नेपाल मैत्री संघ, गणेशमान सिंह केन्द्र जर्मनी (विजय मोक्तान), इनास जर्मनी, इनास नेदर्ल्याण्डस, इनास युके, इनास स्विट्जर्ल्याण्ड, भुट्निज कम्युनिटी नेदर्ल्याण्डस, नेपाल म्युजिक फेस्टिवल, गुरुङ समाज डेनमार्क लगायतका संघ संस्थाहरु तथा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का सचिव अर्जुनकुमार श्रेष्ठ, एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदका डेपुटी युथ कोअर्डिनेटर लोकराज शर्मा, डेनमार्कका लागि मानार्थ पर्यटन प्रतिनिधीहरु दिपक सापकोटा र सोम सापकोटा, नील बिक्रम थापा, इनास डेनमार्कका उपाध्यक्ष तथा एनआरएनए डेनमार्कका युवा संयोजक प्रसान्त राज बानिया, विजय अधिकारी लगायतका सबै महानुभावहरु तथा टिनोस पिजेरिया, रोयल आग्रा प्यालेश, हिमालयन रेस्टुरेण्ट, सिपीएचएडु ट्राभल्स (CPHedu Travels), एभरेष्ट रेमिटेन्स, रिया मनी ट्रान्सफर लगायतका ब्यबसायिक सस्थाहरुले व्यक्तिगत र संस्थागत रुपमा प्रायोजन तथा सहयोग गरेका थिए। कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न प्रत्यक्ष वा परोक्ष रुपमा सहयोग पुर्याएका सबै संघ संस्था, कलाकर्मी, संगीत, खानपिन, अतिथि सत्कार आदि संयोजनमा रहेर काम गर्ने सबै व्यक्तित्वहरुलाई इनास आयोजक इनास युरोप तथा इनास डेनमार्कले संस्थाको अफिसियल फेसबुक मार्फत संयुक्त रुपमा धन्यवाद ब्यक्त गरेका छन्।





Comments

comments

Leave a Reply

17387