Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

भित्तामा पनि रहेनन् लोकमान

एकताका लोकमानसिंह कार्कीको नाम लिँदा सबै थुरथुर हुने अवस्था थियो । हो उनै सर्वोच्च अदालतद्वारा अयोग्य साबित भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त कार्की अहिले विदेशमा गुमनाम छन् अनि के गर्दैछन् भन्ने कुरा सार्वजनिक पनि भएको छैन।

उनी पहिला काम गरेको टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो इन्ष्टिच्युसनल मेमोरी (संस्थागत स्मरण) मा समेत उनलाई नराखेको खबर नेपालसमाचार पत्रले छापेको छ।

अख्तियारको केन्द्रीय कार्यालयको भित्तामा अरु सबै पूर्वप्रमुख आयुक्तको फोटो राखिएको भए पनि कार्कीको भने राखिएको छैन। किन नराखेका भन्ने जिज्ञासामा अख्तियारका एक वरिष्ठ कर्मचारीले अदालतले अयोग्य भनेकाले फोटो नराखिएको बताए।





Comments

comments

Leave a Reply

17399