Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

‘राजसंस्था फर्किन सक्छ’

उपप्रधान एवं संघीय मामिला तथा स्थानीय बिकासमन्त्री कमल थापाले जनताले चाहेमा गणतन्त्र खारेज गर्न सक्ने बताएका छन्। झापाको दमकमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले जनताले चाहेमा गणतन्त्र खारेज हुने दाबी गरे।

‘राजसंस्था फर्काउन सक्ने बाटो अहिलेको संबिधानले दिएको छ,’ उनले भने, ‘अहिले सबैभन्दा ठुलो शक्ति नै जनता हो,जनताले चाहे संबिधानको उपयोग गर्दै खोसिएको राजसंस्था र हिन्दुराष्ट्र फर्काउन संभव छ ।’

उनले मधेशी मोर्चाका असहमतिका कुरा पनि निर्वाचनपछि संबोधन गर्न सकिने बताउदै अहिलेलाई निर्वाचनमा आउन आग्रह गरेको खबर अन्नपूर्णमा छापिएको छ।





Comments

comments

Leave a Reply

17420