Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
पोखराका दुई विद्यालयमा छात्रवृत्तिका लागि ६ लाखको अक्षयकोष – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पोखराका दुई विद्यालयमा छात्रवृत्तिका लागि ६ लाखको अक्षयकोष

पोखरा, १२ बैशाख ।
पोखरा रामबजार निवासी रंजित परिवारले पोखराका दुई सामुदायिक विद्यालयमा ६ लाखको अक्षयकोष स्थापना गर्न रकम हस्तान्तरण गरेका छन्।

पोखरा रामवजार श्री कालिका माविमा ४ लाखको र पोखरा ९ वसपार्कस्थित सहारा आधारभूत विद्यालयमा २ लाखको अक्षयकोषका लागि रकम प्रदान गरिएको हो।

पोखरा रामबजार निवासी वैकुण्ठ रंजित, शिव रंजित, सुदर्शन रंजित र विजय रंजितले आफ्ना पिता हरिगोपाल र आमा गणेशमायाको नाउँमा उक्त रकम विद्यलायलाई अक्षयकोषका लागि प्रदान गरेका हुन्।

रंजित चार दाजुभाईले आफ्ना पिता हरि गोपालको ४५ औ दिनको तिथि पारेर गरिव तथा जेहेन्दार विद्यार्थीलाई थप अध्ययन/अध्यापनका लागि विद्यालयलाई उक्त रकम प्रदान गरे । समाजसेवी तथा व्यवसायी हरी गोपालको ८९ वर्षको उमेरमा देहावसान भएको थियो।

उक्त रकम हस्तान्तरण गर्दै सुदर्शन रंजितले सामुदायिक विद्यालयमा पढने गरिव बालवालिकालाई थप अध्ययन गर्न कुनै समस्या नपरोस भन्नका लागि नै आफ्ना आमा वुवाको नाममा अक्षयकोष स्थापना गरेको वताए । ‘हरीगापाल गणेशमाया छात्रवृत्ति २०७४’ नामाकरण गरिएको उक्त अक्षयकोष संचालन गर्न दुवै विद्यालयले छुट्टै समिति निमार्ण गरिने जानकारी दिए।

सो अवसरमा कालिका माविका प्रधानाध्यापक वलरामा गिरीले रंजित परिवारले विद्यालयका लागि ठूलो गुन लगाएको वताए । ‘हामी एकदमै खुसी छौ संधै न्युन रकमको अक्षयकोष स्थापना हुन्थ्यो तर रंजित परिवारले एकैपटक ४ लाखको कोष स्थापना गरेर समाजमा उदाहरणीय कार्य गरेका छन ।’ उनले उक्त रकम कक्षा ९ देखि १२ कक्षासम्म अध्ययन गर्ने गरिव तथा जेहेन्दार विद्यार्थीलाई प्रदान गर्ने वताए । प्रअ गिरीका अनुसार विद्यालयमा २ हजार ४ सय विद्यार्थी र ८५ जना शिक्षक रहेका छन्।

पोखरा ९ वसपार्कमा रहेको सहारा आधारभूत विद्यालयकी प्रधानध्यापक लोचना अधिकारीले रंजित परिवारले समाजमा उदाहरणीय कार्य गरेको वताइन् । आफ्नो विद्यालयमा निम्न आय भएका विद्यार्थी पढने भए पनि सवैलाई निशुल्क शिक्षा दिंदै आएको र प्राप्त २ लाखको अक्षय कोषको रकमवाट आउने व्याजले कक्षा ९मा अध्ययन गर्न जाने गरिव तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्ने वताइन । ‘अहिलेसम्म यति ठूलो रकम अक्षयकोषका लागि पाएका थिएनौ यो हाम्रो जस्तो विद्यालयका लागि महत्वपूर्ण हो’ उनले भनिन्। हाल उक्त विद्यालयमा २ सय ७० जना विद्यार्थी अध्ययनरत रहेका छन्।

तस्वीरहरु: उमेश पुन





Comments

comments

Leave a Reply

17445