Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

क्षत्रीको ‘नमस्ते काठमाडौं’ तयार

काठमाडौं । चलचित्र निर्देशक तथा सञ्चारकर्मी डब्बु क्षत्रीले नयाँ वर्षको अबसर पारेर पाठकलाई यस पटक कथाहरुको सँग्रह ‘नमस्ते काठमाडौं’ पस्कँदैछन्।

कथा लेखनमा मुलधारमा आफ्नो परिचय बनाई सकेका क्षत्रीले नयाँ कथाहरुलाई सँग्रहको रुपमा पाठकमाझ ल्याउन लागेको बताएका छन् । दुई दशक भन्दा लामो समयदेखि अखबारी पत्रकारितामा सक्रिए क्षत्रीको कथा सम्बन्धि यो पहिलो सँग्रह हो।

यौन चपेटामा परेर पीडित भएका समाजका विभिन्न बर्गको कारुणिक पीडालाई कथामा बुनिएको पनि क्षत्रीको भनाईछ । यौन पीडामा पिल्सिएर पनि आफ्ना पीडा लुकाएर बाँच्न विवस भएकाहरुलाई सँग्रहका कथाहरुले अन्याय बिरुद्ध लड्न र नयाँ प्राप्ति गर्न हौसला दिने पनि क्षत्रीको भनाई छ।

प्रकाशनका लागि प्रेसमा गईसकेको यौन बिद्रोहको कथा सँग्रह ‘नमस्ते काठमाडौं’ २० बैशाखबाट पुस्तक पलसमा पाईने पनि कथाकार क्षत्रीले जानकारी गराएका छन्। सँग्रहमा १८ ओटा कथा छन् । डिमाई साईजको यो सँग्रह २ सय ४० पृष्ठको रहेको छ । यसको मूल्य ३ सय ५० रुपैयाँ रहेको पनि उनले जानकारी गराए । पुस्तकलाई शिखा बुक्सले प्रकाशन गरेको हो । पुस्तकलाई चाँडै नै भव्य समारोहबीच आधिकारिक रुपमा बिमोचन गरिने पनि कथाकार क्षत्रीले जानकारी गराए।





Comments

comments

Leave a Reply

17452