Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
श्रीमती हत्या आरोपमा गुरुङ पक्राउ – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

श्रीमती हत्या आरोपमा गुरुङ पक्राउ

उदयपुर, वैशाख १३ । श्रीमती हत्याको आरोपमा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ असारी बस्ने ६२ वर्षीय मनबहादुर घले गुरुङलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले मङ्गलबार पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शनिबार राति मनबहादुर र निजकी श्रीमती ४६ वर्षीया सीता गुरुङबीच मादकपदार्थ सेवन गरेर झगडा भएको थियो । झगडापछि गुरुङले श्रीमतीलाई कुटपिट गरेपछि श्रीमतीले आत्महत्या गरेको गुरुङले प्रहरीलाई बताएको प्रहरीले जनाएको छ।

यता गुरुङका छोरीसहित स्थानीयवासीले कुटपिटका कारण नै श्रीमती गुरुङको मृत्यु भएको भन्दै प्रहरीमा उजुरी दिएको प्रहरीले बताएको छ। श्रीमती सीताको शवपरीक्षण भइसकेको र प्रहरीले मनबहादुरलाई मङ्गलबार नै म्याद थप गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले बताए।

अनुसन्धान सुरु भइसकेको र अनुसन्धानपछि मात्र वास्तविक तथ्य कुरा बाहिर आउन सक्ने प्रहरीले बताएको छ । स्थानीयवासी विदुर राउतका अनुसार गुरुङ असरीमा रहेर मजदुर काम गर्दै आएका थिए। (रासस)





Comments

comments

Leave a Reply

17466