Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
हङकङमा नेवारी फिल्म ‘तुयुमति’ प्रर्दशन हुने – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

हङकङमा नेवारी फिल्म ‘तुयुमति’ प्रर्दशन हुने

डम्बरकृष्ण श्रेष्ठ / एचकेनेपाल डट कम –

हङकङ, २७ अप्रिल। नेवार समाज हङकङले आगमी मे २८ तारिखमा याउ मा तेई कम्युनिटी हल जोर्डनमा नेवारी समाज र संस्कृतिमा आधारित चलचित्र “तुयुमति“ (स्वच्छ विचार) प्रर्दशन गर्ने भएको छ।

हङकङमा बुधवार आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष रचना प्रधानले नेवार समाज हङकङको आर्थीक कोष वृद्धिका लागि चलचित्र प्रर्दशनन गर्न लागिएको जानकारी दिइन्।

तुयुमति (तुयुः सेतो, उज्यालो, सफा, स्वच्छ, मतिः विचार) अर्थात सफा विचार, एउटा संदेशमूलक हास्य संवाद प्रधान चलचित्र हो। नेपाली समाजमा विद्यमान समस्या ! जुन सुकै मूल्य चुकाएर भए पनि वैदेशिक रोजगारको लागि देश छोड्ने र छोड्न बाध्य बनाइने बाध्यात्मक अबस्थालाई चित्रित गरिएको छ। स्वदेशमा बसेर देखिने विदेश र विदेशमा भोगिने वास्तविकताको यथार्थ चित्रण गरिएको तुयुमति नेपाल भाषामा बने पनि हङकङमा सबैले बुझ्न सजिलो होस भनेर नेपाली भाषामै प्रर्दशन गरिने छ।

साँझ साढे ६ बजे प्रर्दशन गरिने यो चलचित्र अंग्रेजी सवटाइटल समेत रहेको र सवै भाषीहरुले समेत बुझ्ने गरेर तयार गरिएको नेपाली अर्गानिक फिल्म रहेको जानकारी पत्रकार सम्मेलनमा दिईएको थियो।

लामो समयदेखि बेलायतमा कार्यरत रहेका नेपाली कलाकार मनिष कुमार श्रेष्ठद्धारा निर्मित तुयुमति यसअघि बेलायत र जापानमा समेत सफल प्रदर्शन भईसकेको छ। मनिष श्रेष्ठको कथा रहेको फिल्ममा पट्कथा,सम्वाद,निर्देशन आर एम नकर्मी , संगीत हरिशरण मान्नधर, सुमन कपाली, गायन मदन कृष्ण श्रेष्ठ ,बबिन प्रधान, छायांकन, कुशल श्रेष्ठ, , सम्पादन मन्दिल श्रेष्ठ निर्माता अनु श्रेष्ठ, सह निर्माता दीपक श्रेष्ठ , देबेन्द्र श्रेष्ठ रहेका छन्।

नेपाल र बेलायतमा छायाँकन भएको तुयुमतिमा मदन कृष्ण श्रेष्ठ जस्तो वरिष्ठ कलाकारहरुको समेत अभिनाय रहेको छ । मुख्य कलाकारहरुमा अर्णेस्वरी शिल्पकार, मनिष श्रेष्ठ , राजाराम पौडेल, मणि राज लवट, राजेन्द्र खड्गी ,सबिन शाक्य, हृदय प्रशाद मिश्र, सुनिता सिंह ठाकुर, कृष्ण भक्त मर्हजन, साक्षी मुल्मी राई, अनिता ताम्राकार ,ज्ञानेन्द्र शाक्य, धिरेन शाक्य , हिसिला मर्हजन, सुशील प्रजापती, गनेश राम लाछी,बिष्णु प्रजापति ,रामकृष्ण शिल्पकार,विनोद चिपालु,अनु श्रेष्ठ ,आयुष्मा श्रेष्ठ ,मार्ता हाक्युन्स, यादब भन्डारी आदि रहेका छन्।

२००५ मा हङकङमा स्थापना भएर विभिन्न सामाजिक गतिविधी गर्दै आएको छ। कार्यक्रममा समाजका उपाध्यक्ष भेषमणी श्रेष्ठ र पूर्व अध्यक्ष सत्रुधन उदाशले पनि बोलेका थिए।





Comments

comments

Leave a Reply

17472