Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
‘बयान’ र ‘बस्ती’ मे ७ मा सार्वजनिक हुने – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

‘बयान’ र ‘बस्ती’ मे ७ मा सार्वजनिक हुने

सुरेन्द्र इङ्नाम

केन्ट, वेलायत। विश्व नेपाली साहित्य महासङ्घ र नेपाली साहित्य विकास परिषदको संयुक्त आयोजनामा गीतकार, कवि तथा समाजसेवी घन थापा मगरको दुई एल्वमहरु “बयान” र “बस्ती” मे ७ तारिखका दिन हकिन्ज कम्युनिटी हलमा विमोचन गरिने भएको छ।

केन्ट मगर संघ, क्यान्टवरी नेपाली समाज र क्यान्टवरी नेपाली महिला समाजको सहयोगमा वेलायतमा बिमोचन समारोह गर्दै सार्वजनिक गरिन लागेको हो।

गीतकार तथा समाजसेवी घन थापा मगर कविता लेखलमा पनि उत्तिनै पोख्त हुनुहुन्छ। उहाँको पहिलो कृति कविता संग्रह “देशको माटोमा मेरो फूल” सन २०१३ मा प्रकाशित गरेपछि क्रमस “क्याक्मीको कोसेली” कविता संग्रह, “मेरो चिनो मेरो देश” कविता संग्रह र मायाको संसार गीति एल्वम सार्वजनिक गरि सकेका छन । उक्त कविता संग्रह र गीति एल्वमबाट जुटेको रकमले नेपालमा शैक्षिक तथा सामाजिक क्षेत्रहरुमा सहयोग गरि सक्नु भएको छ।

विमोचन कार्यक्रममा बेलायतका विशिष्ट ब्याक्तित्वहरुको उपस्थिति र गायक शिव परियार पनि आई उक्त एलवमका उहाँका आफ्नै स्वर रहेका गीतहरु पनि लाईभ गाई कार्यक्रम मनोरन्जनात्मक हुने भएको छ। यसका साथै गीतकार घन थापाले समाज सेवामा गर्दै आउनु भएका कार्यहरुको छोटो डकुमेन्ट्री पनि देखाउने साथै समारोहको अवधिभित्र मनोरञ्जनात्मक नाँच र गीतहरु पनि रहने जानकारी दिनु भएको छ । बिमोचन समारोहमा उपस्थित सम्पूर्णलाई निशुल्क सप्टड्रिङ्स,स्टार्टर्स साथै साँझ खानाको ब्यवस्था पनि गर्नु भएको छ।





Comments

comments

Leave a Reply

17498