Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

महाअभियोग दर्तापछि सुशीलाको प्रतिक्रिया: ‘म डराएको छैन, आनन्दमोहनलाई गरेजस्तै मलाई पनि गरे’

काठमाडौं, संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि प्रधानन्यायधीशबाट निलम्बित भएकी सुशीला कार्कीसँगको सम्बाद आजको नागरिक दैनिकमा प्रकाशित छ । सोही सम्बादअन्तर्गत कार्कीलाई सोधिएको एक प्रश्नको उत्तर:

तपाईंमाथि लागेको महाअभियोगलाई कसरी लिनुभएको छ ?
मलाई त केही फिल नै भएको छैन । ममाथि महाअभियोग लाग्दै छ भन्ने मलाई थाहा थियो । केही दिनयता माओवादी सांसद रामनारायण विडारीले मलाई पटक पटक फोन गरी कांग्रेसको दबाब आइरहेको छ । एक पटक भेट्नुपर्यो भनिरहनु भएको थियो । तर मैले भेट्न मानिन।

विडारीलाई मैले महाअभियोग लगाउनुस् भनेको थिए आनन्दमोहन भट्टराईलाई गरेजस्तै मलाई पनि गरेका हुन्।

प्रधानमन्त्रीले आजै बिहान पनि दूत बनाएर बर्षमान पुनलाई मेरो निवासमा पठाउनुभएको रहेछ तर मैले भेटिन मेरो श्रीमानसँग भेटेर उहाँ फर्किनुभयो।

उहाँहरुले मलाई जे आरोप लगाएर महाअभियोग दर्ता गर्नुभएको छ त्यो त उहाँहरुले पुष्टि गर्नुपर्छ।

तर मैले न्यायप्रतिको निष्ठा र इमान्दारीतामा कहिल्यै सम्झौता गरेकी छैन । त्यसैले म यसबाट डराएकी छैन । म यो प्रस्तावको सामना गर्छु।





Comments

comments

Leave a Reply

17534