Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पत्रकारले पाएको पुरस्कार रकम चितवनको ‘सानो घर’लाई सहयोग…

विजय थापा,वाशिंगटन डिसी। नेपाल अमेरिका पत्रकार संघ (नेजा )को ११ औ साधारणसभाको उद्घाटन सुरु भएको छ।

कार्यक्रमको उद्घाटन नेपाल पत्रकार महासंघ का महासचिव तथा साधारण सभाका प्रमुख अतिथि उजिर मगर तथा नेजाका अध्यक्ष भोला आचार्यले पानसमा बत्ती बालि गरेका छन्।

स्वागत मन्तव्य नेजाका उप सभापति तथा सभाका संयोजक गूणराज लूईटेलले गरेका छन्। सभामा उपस्थित अतिथि महाबाणिज्यदूत प्रेमराजा महत ,एएनएका अध्यक्ष मेदनी अधिकारी एनआरएन अमेरिकाका अध्यक्ष केशव पौडेल (चिकित्सक ),निर्वाचन आयोगका पूर्व प्रमुख निर्वाचन आयुक्तभोज राज पोख्रेल तथा अन्य संघ संस्थाका प्रतिनिधिहरूले शुभकामना दिएका छन।

साधारण सभाको लागि डिसी महानगर क्षेत्र वरपरका संघ तथा संस्थाका प्रतिनिधि ,विभिन्न राज्यहरु बाट आएका संचारकर्मी ,आमन्त्रित अतिथिहरुको उपस्थिति रहेको छ।

उद्घाटन कार्यक्रममा नेजाद्वारा स्थापित नेजा सामुदायिक पत्रकार पुरस्कार अन्तर्गत पत्रकारहरु क्रमशः शिव प्रकाश ,मनोज अधिकारी र दिनेश कार्कीलाई १ हजार १ सय ११ डलर राशिको पुरस्कार प्रमुख अतिथि उजिर मगरले हस्तान्तरण गरे। उक्त रकम पत्रकारहरुले नलिई चितवनको सानो घरलाई दिने घोषणा गरेका छन्।

मनाससको स्थानीय लोकप्रिय सामाजिक संस्था अमेरिका नेपाल सहयोगी समाज बाट संचालित पाठशालाका बिद्यार्थीहरुले नेपाली राष्ट्र गान तथा अमेरिकन राष्ट्रगान गाएका छन्।

साधारण सभाको बीचमा कार्यक्रमलाई रोचक र मनोरंजन बनाउने हेतुले सांस्कृतिक कार्यक्रमको लागि प्रस्तुति गरिएको छ।





Comments

comments

Leave a Reply

17592