Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

‘जातीय विभेदको पीडाले मलाई यहाँसम्म ल्यायो’- एमाले उपमेयर प्रत्यासी रसाइली


दिलकुमार श्रेष्ठ
शुक्लागण्डकी नगरपालिकाका लागि नेकपा एमालेका तर्फबाट उपमेयरकी उम्मेद्वार सविता रसाइलीले आफू कक्षा ४ मा पढ्दादेखि नै आफू कम्युनिष्ट आन्दोलनमा होमिएको बताएकी छिन्।

वर्गिय समानता हुनुपर्दछ, जातिय विभेदको अन्त्य हुनु पर्दछ र त्यसको लागि कम्युनिष्ट आन्दोलनमा लाग्नुपर्छ भन्ने आफूलाई सानै उमेरका घटेको घटनाले सिकाएको रसाइलीले बताइन्।

कक्षा ४ मा पढ्दा आफ्नै गैरदलित साथीको हजुरआमाले गरेको जातीय विभेदको पीडाले आफूलाई यहाँसम्म ल्याएको उनले बताइन्। रसाइलीले जातिय बिभेद मुक्त समाज निर्माणको लागि आफ्नो अभियान अव सुरु हुने बताएकी छन्। उनले मत माग्नको लागि गाउँ गाउँ पुग्दा भन्ने गरेकी छिन्–“मलाई मत दिएर बिजयी गराउनुहोस् म नगरको विकाससँगै जातिय समानताको लडाईमा होमिने छु” उनले दलित समुदायमा भएको समस्यालाई न्यूनीकरण गर्न र उनीहरुलाई शैक्षिक रुपमा विकसित गर्नको लागी आफ्नो नेतृत्व आवश्यक रहेका उनले बताएकी छिन्।

साथै हरेक वर्गको बास्तविक पीडालाई आफ्नै सम्झेर महशुस गर्न सक्ने रसाइलीले महिला बर्गको उत्थानको लागि जोड दिने प्रतिवद्धता समेत गर्न भ्याइन् उनले प्रसव पिडा सहेर जन्माउने सन्तानलाई आमाले आफ्नो भनेर प्रमाण दिन नपाइने कानुनलाई विस्थापित गरेर नारी अधिकारको पक्षमा वकालत गर्ने नेकपा एमालेको बफादार सिपाही आफू भएकाले महिला वर्गलाई समेत अधिकार सम्पन्न गर्न आफू तल्लिन हुने विस्वास दिलाइन्।

गाउँदेखि शहरसम्म आफ्नो र नेकपा एमालेको पक्षमा जनलहर पाएको दाबी गर्दै रसाइलीले दलित समुदाय र महिलाहरुलाई अधिकार सम्पन्न गर्नको लागि उप मेयर पदमा आफूलाई बिजयी गराउनको लागि सूर्य चिह्नमा मतदान गर्न विकास प्रेमी र परिवर्तन प्रेमी मतदाताहरुलाई आग्रह गरिन्।





Comments

comments

Leave a Reply

17594