कोलोराडोमा किरात राई कम्यूनिटी गठन

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –

कोलोराडो, अमेरीका ८ मे। कोलोराडोबासी किरात राईको भेलाले किरात राईहरुको भाषा, धर्म, जातीय उत्थान तथा सामुदायिक सद्भाव बढाउने उद्धेश्यले किरात राई कम्यूनिटी अफ कोलोराडो गठन गरेको छ।

कोलोराडोस्थित अरोरामा आइतबार सम्पन्न भेलाले भिम राईको अध्यक्षतामा सर्वसम्मत रुपमा ९ सदस्यीय किरात राई कम्यूनिटी अफ कोलोराडो गठन गरेको हो।

यसरी सर्बसम्मत छानिएका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः शोभा सुब्बा राई, जिदन राई, दिलकुमार राई र संस्कृतीक संयोजकमा माईली मगर र धन राई रहेका छन् । त्यस्तै अन्य सदस्यहरुमा धनबहादुर राई, ईन्द्र राई र सपना राई रहेका छन् । सोही भेलाले ६ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ। सल्लाहकारहरुमा टीकाराम राई, सनबहादुर राई, एसबी मिजार, केदार खतिवडा, डा. डेन एडवोर्स, नीर्मला राई रहेको संस्थाका सचिब जिदेन राईले बताए।

कोलोराडोमा किरात राई सोसाईटी अफ अमेरीकाको च्याप्टर रहेको र आफूहरु पनि च्याप्टरको बिभिन्न पदमा रहेर केही समय काम गरेको तर आफूहरुलाई उक्त संस्थाको केन्द्रिय नीति तथा कृयाकलाप चित्त नबुझेको कारण बाध्य भएर अर्को संस्था खोल्नु परेको सचिव राईले बताए।





Comments

comments

Leave a Reply

17640