Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बेलायतबाट विरामी कलाकार दीपक क्षेत्रीलाई सहयोग

एचकेनेपाल डट कम संवाददाता –
नेपाली चलचित्रका नायक ध्रुब दत्तको पहलमा बेलायतमा संकलित सहयोग रकम विरामी कलाकार दीपक क्षेत्रीलाई प्रदान गरिएको छ।

कलाकार क्षेत्रीलाई बेलायतबाट २ लाख ५० हजार बरिष्ठ कलाकार दिपक क्षेत्रीको स्वास्थ्य उपचारका लागि बेलायतबासी नेपालीहरूले सहयोग उपलब्ध गराएका हुन्।

रकम बिहीबार क्षेत्रीकै निबासस्थान काठमाण्डौको डिल्लीबजारमा संचारकर्मी राजन घिमिरे र नाट्यकर्मी सनमकुमार बैरागले संयुक्त रूपमा हस्तान्तरण गरेका हुन्।

रकम हस्तान्तरण कार्यक्रममा प्रबासी नेपालीहरूको माया र साथ आफूले सधै पाएको कुरा बताउंदै कलाकार क्षेत्रीले बेलायतमा रकम संकलन गर्दिनु हुने अभिनेता धु्र्ब दत्तलाई धन्यवाद दिए। दत्तले बरिष्ठ कलाकारलाई सहयोग गर्न पाउनुलाई बेलायतबासीहरूले धन्य ठानेको बताए।





Comments

comments

Leave a Reply

17699