तेह्रथुम समाज यूकेको १० औं वार्षिक उत्सव सम्पन्न

सुरेन्द्र इङ्नाम – केन्ट, बेलायत। तेह्रथुम समाज यूकेले शनिवार १० औ वार्षिक उत्सव भब्यरुपमा मनाएको छ।

समाजका ज्येष्ट आमा देउमन्त कुमारी लिम्बुको प्रमुख आतिथ्य, विशिष्ट अतिथिमा नेपाल स्टार, मिस ट्यालेन्ट २०११, गायिका, मोडेल तथा अभिनेत्री बिष्णु चेम्जोङ गायत तेह्रथुम परिसरको छिमेकी जिल्लाहरुका प्रतिनिधिहरु अतिथि रहनु भएको थियो।

कार्यक्रमको पहिलोसत्रमा १० औ वार्षिक उत्सव भएकोले संस्थापक कमिटीलाई विशेष सम्मान गरिएको थियो। यस्का साथै आजीवन सदस्यता लिनेहरुलाई प्रमाण पत्र हस्तान्तरण, चेली तथा जुवाईहरुलाई स्वागत सम्मान गरि आसन ग्रहण गरिएको थियो।

कार्यक्रमको दोस्रोसत्र सम्मान रहेको थियो, उक्त सम्मान कार्यक्रममा बेलायतमा रहि शैक्षिक, ब्याबसायिक, पत्रकारिता साथै बेलायती सेनामा भर्ति भई प्रसंसनीय ठाउ र ओहदाहरुमा काम र योग्यताको कदर गर्दै प्रसंसा–पत्र र सम्मान–पत्र हस्तान्तरण गरिएको थियो।

सन २००७ मा स्थापना गरि कोलचस्टरमा यस संस्थाको पहिलो भेला गरे यता यस संस्थाले समाज सेवामा पनि काम गर्दै आई रहेको छ । क्यान्सर पीडित आर्थिक सिङ्गक, मुटुको रोगी सरिता लिक्बु, क्यान्सर पीडित भिम प्रसाद थेगुम्बा, क्यान्सर पीडित मौसम लिम्बु, तेह्रथुम सदर मुकामा रहेको समाधि स्थलको पुननिर्माण साथै आठराई सक्रान्ति बजारमा भएको आगलागीपछि अग्नि पीडितहरुको लागि १५ लाख नेपाली रुपैया उठाई हालसालै बेलायत प्रतिनिधि तारा प्रसाद कन्दङ्वा र नेपाल प्रतिनिधि मोहन हुक्पा चोङ्बाङ मार्फत प्रतक्ष्य पीडितहरुको हातमा रकम हस्तान्तरण गरिएको छ।

कार्यक्रमको अन्त्यमा संस्थाको अध्यक्ष सुर्य खापुङले यस संस्थाको स्थापना कालदेखि अहिलेसम्म संस्थाले समाज सेवामा पुर्याएको कामको प्रकाश पार्दै यस वार्षिक उत्सव सफल बनाउन खट्नुहुने सम्पूर्णलाई हार्दिक धन्यवाद दिदै साङ्गीतिक कार्यक्रम बाँकी रहेको भन्दै पहिलो चरणको कार्यक्रम सकिएको घोषण गर्नुभयो।

विहानको १० बजेबाट सुरु भएर साझको ७ बजे सम्म चलेको उक्त कार्यक्रम संस्थाको सचिव डम्मर सिङ्गकले र साङ्गीतिक कार्यक्रमलाई सानु लिम्बु हुक्पा चोङ्बाङले संचालन गर्नु भएको थियो।





Comments

comments

Leave a Reply

17983