जेठ २२, काठमाडौं – आइतबार काठमाडौंमा यस बर्षकै सबैभन्दा बढी गर्मी महसुस गरिएको छ।
उपत्यकाको शनिबारको तापक्रम २९ डिग्री सेल्सियस रहेकोमा आइतबारको तापक्रम ३२ डिग्री सेल्सियस रेकर्ड भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
उपत्यकाको उच्च तापक्रम यस बर्ष गत जेठ ९ गते (मे २३ तारिखमा ) ३१दशमलव ६ डिग्री रेकर्ड भएको खबर नेपाल समाचारपत्रमा छ।