गर्भ तुहाएको भन्दै प्रेमिकाको हत्या

काठमाडौं – डेढ महिनाअघि गंगाहिटिमा मारिएकी २३ बर्षीया सञ्चिता पाख्रिनको हत्या हुनुको पछाडी गर्भ तुहाउने कारण रहेको प्रहरी अनुसन्धानमा खुलेको छ।

उनको प्रेमी २४ बर्षीय प्रशान्त तामाङ पक्राउ परेपछि हत्याको कारण खुलेको खबर नागरिक दैनिकमा छ।

महानगरीय प्रहरी अपराध महाशाखाले सार्वजनिक गरेको प्रारम्भिक अनुसन्धान विवरणअनुसार पाख्रिन र तामाङबीच विवाह नभए पनि उनीहरु एकै कोठामा बस्ने गरेको र सञ्चिता गर्भवती भएपछि विवाहको तयारी गरे पनि जानकारी नै नदिई गर्भ तुहाएको झोकमा प्रेमीबाटै उनको हत्या भएको हो।





Comments

comments

Leave a Reply

18294