शोभराजले भने- ममाथि थ्रेट छ

२९ जेठ, काठमाडौं । शोभराजले भने आफूमाथि सुरक्षा खतरा रहेको दाबी गर्दै आएका छन् । अस्पतालमै आफ्नो हत्या हुन सक्ने भन्दै केही व्यक्तिको नाम नै लिएको केन्द्रीय कारागारका एक अधिकारीले बताए।

युनुस अन्सारीलगायतका व्यक्तिले अस्पतालमा आफूमाथि आक्रमण गर्न सक्ने भन्दै उनले प्रहरीलाई सचेत गराएका छन् । उनले भनेजस्तै आक्रमण हुन सक्ने अथवा उनी आफैँ भाग्न सक्ने डरकै कारण उनलाई केन्द्रीय कारागारको गोलघरभित्र राखिएको खबर नयाँ पत्रिकामा छ।

नौ प्रहरीको घेरामा शोभराज
नाटकीय शैलीमा भाग्दै आएको इतिहास भएकाले शोभराजलाई अस्पताल लैजान पनि प्रशासनलाई ठूलै चुनौती थियो । विभिन्न बहानामा विभिन्न देशका जेलबाट भाग्न सफल शोभराज फेरि पनि उम्कन सक्ने डरले सुरक्षा अधिकारी पनि सचेत भएका थिए । अस्पताल नै कसरी लग्ने भन्ने विषयमा समेत ठूलो आन्तरिक बहस चलेको थियो । तर, केन्द्रीय कारागारका डिएसपी जनक शाहीले सुरक्षाको जिम्मा आफूले लिने बताएपछि उनलाई अस्पताल लगिएको हो।

अस्पतालमा पनि उनलाई कडा सुरक्षा घेरामा राखिएको छ । उनको सुरक्षामा सइको कमान्डमा नौ प्रहरी खटिएका छन् । सामान्यतया कैदीको सुरक्षामा दुई–तीनजना मात्र प्रहरी खटिन्छन् । सुरक्षाकै कारण देखाउँदै शोभराजको फोटोसमेत खिच्न नदिन गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको छ।





Comments

comments

Leave a Reply

18331