हरेक बर्ष मिस पूर्वाञ्चलका बिजेताहरुको फोटोशुट गरी क्यालेन्डर निकाल्दै आएको सिल्भर इन्टरटेन्मेंटले चेसुंग वाइनसंगको सहकार्यमा चेसुंग क्यालेन्डर २०७४ प्रकाशन गरेको छ।
चेसुंग क्यालेन्डर २०७४ को शुक्रबार धरानको दसहरा हलमा आयोजित एक कार्यक्रममा सहायक प्रजिअ मेनुका न्यौपाने , गायिका प्रास्ना शाक्य ,कोरियोग्राफर प्रशान्त तामाङ, सिजी फुड्सको सिनियर म्यानेजर मनोज झा , मिस पुर्वान्चल २०१४ नेमिता आन्गबुहांग , मिस पूर्वाञ्चल २०१६ फर्स्ट रनर अप इक्शा मादेनले संयुक्त रुपमा लोकापर्ण गरेका थिए।
मिस पूर्वाञ्चल २०१६ कृतिका गिरी , मिस पूर्वाञ्चल २०१६ फर्स्ट रनर अप इक्शा मादेन र मिस फोटोजेनिक २०१६ अस्मिता खड्गीले क्यालेन्डरका लागि फोटोशुट गरेका छन् । धरानका बिभिन्न लोकेशनमा खिचिएका फोटोहरु नरेन राईले खिचेका हुन्।