कतारलाई पछि पार्दै नेपाल एयरलाइन्स पहिलो

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम यात्रु संख्याका आधारमा नेपालमा उडान गर्ने एयरलाइन्समध्ये पहिलो भएको छ।

गत बर्ष सन् २०१६ मा नेपाल एयरलाइन्सले कतार एयरलाइन्सलाई उछिन्दै सबैभन्दा बढी यात्रुलाई सेवा दिएको खबर कारोबारले छापेको छ।

यस बर्ष निगमले अन्तराष्ट्रिय उडानतर्फ ३ लाख ८४ हजार २७ यात्रुलाई सेवा दिएको छ।

निगम पछि कतार एयरवेजले ३ लाख ४१ हजार ७ सय ६४ यात्रुलाई सेवा दिएको तथ्यांक छ।





Comments

comments

Leave a Reply

18635