बेलायतमा यसरी सम्पन्न भयो – ऐतिहासिक फिल्म फेयर अवार्डस्

खेमराज रानाभाट चिन्तन

लन्डन, जुलाई ३ – थर्ड आइ र बक्स अफिस इन्टरनेशनल ग्रुपको संयुक्त आयोजनामा १०औं बक्स अफिस फिल्म अवार्डस २०१७ कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।

जुलाई १ तारिख अल्डरसटको एम्पायर हलमा बेलायतमा पहिलो पटक आयोजना गरिएको बक्स अफिस फिल्म अवार्डस कार्यक्रममा युकेवासी नेपाली कलाप्रेमी दर्शकको भव्य उपस्थिति रहेको थियो।

अवार्डस कार्यक्रमका लागि नेपालबाट बेलायत आएका चर्चित कलाकार आर्यन सिग्देल, करिश्मा मानन्धर, केकी अधिकारी, बर्षा सिवाकोटी, सलोन बस्नेत, अनुप विक्रम शाही, दिया पुन, नम्रता योगी, कुशल थापा लगायतका दुई दर्जन कलाकारहरु, स्थानीय कलाकारहरु र नेपाली फिल्म क्षेत्रमा क्रियाशील निर्माता, संगीतकार, वितरक, हल व्यवसायी, प्राविधिक र बलिउडकी लोकप्रिय गायिका सञ्जिवनी र चर्चित गायक आनन्द कार्कीको सहभागितामा अवार्डस कार्यक्रम सम्पन्न भएको हो।

नेपालबाट आएका लोकप्रिय चलचित्रकर्मी र बेलायतमै बस्ने एनआरएनए युरोप को-अर्डिनेटर कुल आचार्य, व्यवसायीहरु रवि लामिछाने, वी पी खनाल, दीपक श्रेष्ठ, यादव श्रेष्ठ, सपनकुमार राई, प्रवेश केसी, ललित न्यौपाने लगायतले अवार्ड प्रदान गरे । वरिष्ठ सञ्चारकर्मी सुमन खरेलले शुरुवाती कार्यक्रम सञ्चालन गर्दै नेपाली चलचित्र इतिहासबारे प्रकाश पारेका थिए।

कार्यक्रममा बलिउडबाट आएकी लोकप्रिय गायिका सञ्जिवनी र चर्चित गायक आनन्द कार्कीको सुमुधुर संगीतले अवार्ड हल गुञ्जयमान भएको थियो। सितु खरेल, शर्मिला बर्देवा, शिखर सन्तोषले पनि गाए । कोशेली समूहले नृत्य प्रस्तुत गरेको थियो।

भाग्मानी विजेताहरुः
१) सर्वश्रेष्ठ श्रृगांर- सरोज पान्डे- पुरानो डुंगा
२) सर्वश्रेष्ठ कला निर्देशक- आशिष दाहाल र कसम नेपाल- जंगे
३) सर्वश्रेष्ठ भेषभुषा- उतम बनेपाली- के म तिम्रो होइन र ?
४) सर्वश्रेष्ठ ध्वनी मिश्रण- सुनयमान श्रेष्ठ- छक्का पन्जा
५) सर्वश्रेष्ठ पाश्र्व संगीत- शैलेस श्रेष्ठ- गाजलु
६) सर्वश्रेष्ठ कलर करेक्सन- राजेन्द्र मोक्तान- गाजलु
७) सर्वश्रेष्ठ भिएफएक्स -अनन्त घिमिरे- द विइनर
८) सर्वश्रेष्ठ खलनायक- अर्पण थापा- वीर बिक्रम
९) सर्वश्रेष्ठ हास्य कलाकार- केदार घिमिरे- छक्का पन्जा
१०) सर्वश्रेष्ठ बाल कलाकार- साइब्रत आचार्य- छांया
११) सर्वश्रेष्ठ नृत्य निर्देशक- बिक्रम स्वार- लुट २
१२) सर्वश्रेष्ठ पटकथा- दिपक राज गिरी- छक्का पन्जा
१३) सर्वश्रेष्ठ संवाद- दिपक राज गिरी- छक्का पन्जा
१४) सर्वश्रेष्ठ कथा- लक्षमण सुवेदी- लालजोडी
१५) सर्वश्रेष्ठ सम्पादक- बिपिन मल्ल- छ्क्का पन्जा
१६) सर्वश्रेष्ठ छायांकार- रामकुमार केसी- बीर बिक्रम
१७) सर्वश्रेष्ठ द्वन्द्व निर्देशक- एन. बि महर्जन- जय परशुराम
१८) सर्वश्रेष्ठ चरित्र अभिनेत्री- गौरी मल्ल- गाजलु
१९) सर्वश्रेष्ठ चरित्र अभिनेता- माओत्से गुरुङ
२०) सर्वश्रेष्ठ सह–नायक- सलोन बस्नेत
२१) सर्वश्रेष्ठ सह–नायिका- दिया पुन वीर बिक्रम
२२) सर्वश्रेष्ठ नव नायिका- दिया पुन
२३) सर्वश्रेष्ठ नव नायक-आर्यन अधिकारी- के म तिम्रो होईन र ?
२४) सर्वश्रेष्ठ नायिका- केकी अधिकारी- लभ सासा
२५) सर्वश्रेष्ठ नायक- आर्यन सिग्देल- होमवर्क
२६) सर्वश्रेष्ठ नवनिर्देशक- नरेश केसी- डाइन्ड क्यानल
२७) सर्वश्रेष्ठ निर्देशक- मिलन चाम्स- वीर बिक्रम
२८) सर्वश्रेष्ठ चलचित्र- वीर बिक्रम

बेलायतमै छानिएको संगीत अवार्ड नतिजा
१. उत्कृष्ट गीतकार- शान्तिप्रिय- छक्का पन्जा
२. उत्कृष्ट संगीत- राजन राज शिवाकोटी- छक्का पन्जा
३. उत्कृष्ट गायिका- अन्जु पन्त- छक्का पन्जा
४. गायक- तारा प्रकाश लिम्बू- वीर बिक्रम

त्यस्तै, आयोजक संस्था नेपालको तर्फबाट पपुलर अवार्ड
१) सर्वश्रेष्ठ स्टुडियो- रेड स्टुडियो
२) सर्वश्रेष्ठ पोस्टर डिजाइन- सुन्दर श्रेष्ठ- छक्का पन्जा
३) सर्वश्रेष्ठ निर्माण नियन्त्रक- सुमन राज गिरी- छक्का पन्जा
४) सर्वश्रेष्ठ प्रोमो- साहिल खान- के म तिम्रो होइन र ?
५) सर्वश्रेष्ठ वितरक- गोपाल कायस्थ- छक्का पन्जा (राजधानी), केदार पराजुली बीर बिक्रम (मोफसल )
६) सर्वश्रेष्ठ विशेष चलचित्र- तीन घुम्ती
७) सर्वश्रेष्ठ सफल डिजिटल कारोबार- हाइलाइट् नेपाल
८) सर्वश्रेष्ठ सफल सिनेमा हल- अस्ट्नारायन हल
९) सर्वश्रेष्ठ सक्रिय संघसंस्था- कलाकार संघ
१०) सर्वश्रेष्ठ अवार्ड आयोजना- नेफ्टा अवार्ड
११) सर्वश्रेष्ठ कलाकार- ज्योति काफ्ले- लाल जोडी
१२) सर्वश्रेष्ठ नायिका- आयुस्मा कार्की- लाल जोडी
१३) सर्वश्रेष्ठ नायक- निखिल उप्रेती
१४) सर्वश्रेष्ठ निर्माता- सन्तोष सेन
१५) सर्वश्रेष्ठ निर्देशक- दिपाश्री निरौला
१६) लाइफटाइम अचिभमेन्ट- दिपक क्षेत्री
१७) पत्रकारिता युवा प्रोत्साहन पुरुस्कार- जीवन पराजुली
१८) पत्रकारिता नगद सम्मान- श्याम अर्याल इमेज टिभी
१९) विशेष सम्मान- सुन्दर लाल श्रेष्ठ

अवार्ड समारोह सफल बनाएको भन्दै आयोजक बक्स अफिस इन्टरनेशनल ग्रुप, बक्स अफिस फिल्मी कल्बका अध्यक्ष आर.के. सुवेदी र बेलायत आयोजकको थर्ड आइ टिमका प्रमुख विकास देवकोटाले सबैमा धन्यवाद ज्ञापन गरे । साथै उनीहरुले संयोजक हरि सिलवाल, जुरी संयोजक शक्ति वल्लभ घोरासैनी, विजयरत्न तुलाधर, सामिप्यराज तिमल्सेनालाई धन्यवाद दिए ।

नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी प्रमुख अतिथि रहेको उक्त समारोहमा करिष्मा मानन्धर, आर्यन सिग्देल, केकी अधिकारी, योगेश्वर अमात्य, असिस्मा नकर्मी, वर्षा सिवाकोटी, सुरबीना कार्की, अनुप बिक्रम शाही, सलोन बस्नेत, कुशल थापा, नम्रता योगी, शर्मिला बर्देवा, आनन्द कार्की, सन्जिवनी, सञ्चारकर्मी सुमन खरेल, श्याम अर्याल र बेलायतमै बस्ने स्थानीय कलाकारहरुले उपस्थित सयौं दर्शकलाई मनोरञ्जन प्रदान गरे । अवार्डस कार्यक्रममा कुशल थापा निर्मित चलचित्र ‘हेप्पी न्यू इयर’ को टेलर पनि सार्वजनिक गरियो ।

बेलायतमा थर्ड आइ र बक्स अफिस इन्टरनेशनल ग्रुपको संयुक्त आयोजनामा पहिलो पटक आयोजना गरिएको यो अवार्डस कार्यक्रम नेपाली चलचित्रको विदेशमा विस्तार र प्रवर्द्धनका लागि एउटा प्रशंसानीय प्रयास रहेको छ, अवार्डस कार्यक्रममा बेल्जियमबाट आएका चलचित्र कर्मी तेजेन्द्र कंडेलले बताए । ‘नेपालको समग्र विकासका लागि हामी बसेको ठाउँबाट विभिन्न क्षेत्रमा सक्दो सहयोग र आडभरोसा दिनु पर्छ भन्ने उद्देश्यले बेलायतमै पहिलो पटक आयोजित यस किसिमको कार्यक्रमबाट हामी सन्तुष्ट छौं र आगामी दिनमा यस किसिमको कार्यक्रमलाई निरन्तरता दिनु पर्छ भनि हामी हौशिएका छौ’, थर्ड आईका संयोजक विकास देवकोटा लगायतका अन्य सदस्य जीवन सेन, युवराज सिंह, ओजेस सिंह र करन तामाङ्गले बताए।





Comments

comments

Leave a Reply

18650