एमालेसँग सम्बन्ध सुधार्दै राजपा

काठमाडौं- झन्डै दुई वर्षदेखि एक अर्काबीच ‘शत्रुतापूर्ण’ व्यवहार प्रदर्शन गरिरहेका प्रमुख विपक्षी एमाले र राष्ट्रिय जनता पार्टी (राजपा) का नेताबीच राजधानीको एक रिसोर्टमा औपचारिक र ‘सकारात्मक’ वार्ता भएको छ।

संविधान निर्माणमा मधेसविरोधी अडान लिएको भन्दै एमालेसँग शत्रुतापूर्ण व्यवहार प्रदर्शन गरिरहेको राजपाले सत्तापक्षीय गठबन्धन (कांग्रेस-माओवादी केन्द्र) पनि आफ्ना मागप्रति संवेदनशील नदेखिएको विश्लेषणसाथ एमालेसँग सम्बन्ध सुधारमा लागेको खबर अन्नपूर्णपोष्टमा छ।

राजपा र एमालेका दोस्रो तहका नेताबीच संविधान संशोधन, २ नम्बर प्रदेशमा तेस्रो चरणको स्थानीय तह निर्वाचन र सत्तासमीकरणलगायत विषयमा छलफल भएको बैठकमा सहभागी नेताले बताएका छन्।

छलफलमा एमालेबाट उपमहासचिव घनश्याम भुसाल, युवा नेताद्वय रवीन्द्र अधिकारी र डा.राजन भट्टराई तथा राजपाका नेता लक्ष्मणलाल कर्ण, जितेन्द्र सोनल र मनीष सुमन सहभागी हुनुहुन्छ । ‘वार्ता निकै सकारात्मक भएको छ,’ वार्तामा सहभागी एमालेका एक नेताले भने।





Comments

comments

Leave a Reply

18750