सिंगापुरमा लिम्बु गीत याम्पी लाजे ओ

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –

लिम्बु गीत गायनमा आफूलाई अगाडी ल्याउदै गरेका गायक सेमिहांग सिंगकको ‘याम्पी लाजे ओ’ बोलको लिम्बु भाषाको गीतको सिंगापुरमा छायांकन भएको छ।

सिंगापुरमा बस्दै आएका गायक सेमिहांग सिंगकले चाडै लिम्बु तथा नेपाली गीतहरुको अल्बम निकाल्ने तयारीमा छन्।“च्याब्रुंगको आवाज “नामको कविता संग्रह निकालिसकेका गीतकार तथा साहित्यकार हाङ्पाल आङ्बुहाङले रचना तथा गायक सिंगककै संगीत रहेको उक्त गीतको निर्देशन गायक सिंगक र गीतकार आङ्बुहाङको संयुक्त निर्देशनमा तयार भएको हो।

सुभाष देवानको छाँयाङ्कनमा खिचिएको गीतको भिडियोमा स्थुङ्को खिम्दिङ, कविता पाहिम हाङ्सू आङ्बुहाङको अभिनय रहेको छ।

देवान थापाले सम्पादन गरिरहेको भिडियो चाडै नै रिलिज हुने मोडल स्थुङ्को खिम्दिङले बताए । नेपालमा गायिका तथा नायिका बिष्णु चेम्जोंगसंग एक गीतमा संगै अभिनय गरेका र गायिका रेश्मा सुनुवारको कोही भन्छ माया बोलको गीतको भिडियोमा अभिनय गरिसकेका अनुभवी स्थुङ्कोको अनुसार पूर्ण रुपमा सिंगापुरमा बनाइएको गीत याम्पी लाजे रहेको र चाडै अन्य गीतहरु पनि बनाइने उनले बताए।





Comments

comments

Leave a Reply

18816