भोजपुर – भोजपुरको अरुण गाउँपालिका ५ थाकुकी ११ बर्षीया बालिका सधाना श्रेष्ठ नाम परिवर्तन गर्भवती भएपछि स्थानीयले गाउँनिकाला गरेका छन्।
छिमेकी २० बर्षीया दुर्गाबहादुर श्रेष्ठले ललाईफकाई शारिरिक सम्पर्क राखेपछि बालिका गर्भवती भएकी थिईन्।
साधनाका बुवा नेवार र आमा दलित समुदायकोभएको भन्दै केटा पक्षले दलितको छोरी नभित्र्याउने धम्की दिनुका साथै पीडित बालिकालाई नै गाउँनिकाला गरिएको हो। गाउँनिकालापछि धरान झरेको बालिकाको बिचल्ली भएको खबर नागरिक दैनिकमा छ।