निर्मल निवासमा पारसलाई छाडेर पूर्वराजा थाइल्याण्ड जाँदै

पूर्वराजा ज्ञानेन्द्र शाह आज बुधबार थाइल्याण्ड जाने भएका छन्। मुटुमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा ३ दिन उपचारपछि डिस्चार्च भएका उनी परिवारसहित थाइल्याण्ड जान लागेका हुन्।

यही साउन ४ गते उनी मुटुको उपचार गराउन नर्भिक पुगेका थिए। उनी थाइ एयरवेजको विमानबाट दिउँसो साढे १ बजे थाइल्याण्ड जान लागेका हुन्। उनको साथमा पूर्वरानी कोमल र निजी सचिव सागरराज तिमल्सिना तथा केही सहयोगीहरूसँगै जाने भएका हुन्। पूर्वराजा ज्ञानेन्द्र नाती नातीनालाई घुमाउन बैंकक जान लागेका हुन्। यसअघि असार २२ गते पूर्वयुवराज्ञी हिमानी, छोरा हृदयेन्द्र, छोरीद्वय कृतिका र पूर्णिकालाई सँगै लिएर थाइल्याण्ड गइसकेकी छन्।

बिदा मनाउन सबै जना थाइल्याण्ड गएको निर्मल निवास स्रोतले जानकारी दिएको छ। ‘स-परिवार विदा मनाउन थाइल्याण्ड जाने रहर भएपछि पूर्वराजपरिवार थाइल्याण्ड गएको हो,’ निर्मल निवास उच्च स्रोतले भन्यो,‘करिब दुई साताको भ्रमण पछि नेपाल फर्कने कार्यक्रम छ।’

स-परिवार थाइल्याण्ड गएपछि पूर्वयुवराज पारस मात्र निर्मल निवासमा बस्ने भएका छन्। नेपाल समाचार पत्रले खबर छापेको छ।





Comments

comments

Leave a Reply

19110