पोर्चुगलमा सिसेक्पा तङनाम मनाईयो

वाईवि तमू –

लिस्वन , नेपालका आदिवासी किराती लिम्बुजातिहरुको महान चाड सिसेक्पा तङनाम राजधानी लिस्वनमा एक भब्य सास्कृतिक कार्यक्रमसहित मनाईएको छ।

किरात याक्थुङ्ग चुम्लुङ्ग,पोर्चुगल मुख्य आयोजक रहेको उक्त कार्यक्रममा पोर्चुगलमा वसोवास गर्ने लिम्बु तथा अन्य नेपाली समुदायहरुको वाक्लो उपस्थिति रहेको थियो।

ढोलक,खैजडी र सुन्दर किराती भेषभुषामा सजिएका कलाकारहरुले आफ्नो परमपरागत किराती वाजा सहित नृत्य प्रस्तुत गरेका थिए ।
किरात याक्थुङ्ग चुम्लुङ्ग,पोर्चुगलका अध्यक्ष रिपुजङ लिम्बुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा रुकमान केरुङ्ग द्वारा स्वागत मन्तब्य तथा दिपा लिम्बुले कार्यक्रम संचालन गरेकी थिइन्।

बिभिन्न किसिमका परिकारहरु सहित एक आपसमा सुभकामना आदान प्रदान गरि मनाइएको उक्त कार्यक्रममा एनआरएनए,पोर्चुगलका कार्यवाहक अध्यक्ष शम्भु गौतम लगायतका अन्य संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

हरेक वर्ष साउने सक्रान्तिका दिन मनाईने यो चाड बिशेष गरि नेपालका पूर्वी भागमा बसोवास गर्ने किरात धर्मावलम्बीहरुमा प्रचलित छ ।आजबोली यो चाड विश्वका बिभिन्न ठाउहरुमा मनाउने गरिन्छ।

कार्यक्रमको अन्त्यमा अध्यक्ष रिपुजङ निलेखुले उपस्थित सम्पूर्ण महानुभावहरु लाई सस्थाको तर्फबाट मन्तब्य सहित धन्यवाद दिएका थिए।





Comments

comments

Leave a Reply

19145