डा. केसीको समर्थनमा सडकमा उत्रिइन् सुशीला कार्की

पूर्वप्रधानन्यायाधीशको हैसियतमा रहेकी सुशीला कार्की शनिबार डा. गोविन्द केसीको अनशनप्रति समर्थन जनाउँदै सडकमा ओर्लिएपछि कानुनविद् अधिकारीको मत फेरिएको छ।

कार्कीको छवि अवकाशपछि विवादमा तानिँदै गएको खबर आजको अन्नपूर्ण पोस्टमा छ । कार्कीसँगको विशेष अन्तवार्ता यस्तो छ।

प्रधानन्यायाधीशबाट केही समयअघि मात्रै अवकाश लिनुभएको तपाईंले सडकमै उत्रेर भाषण गर्दा ‘एक्टिभिज्म’ भयो भनेर टिप्पणी भएको छ, के भन्नुहुन्छ ?
के आपत्ति भयो र ? यस्तो अभ्यास अन्यत्र पनि छ । भारतमै पनि लोक अदालत भनेर पूर्वन्यायमूर्तिहरू सक्रिय हुन्छन् । मविरुद्ध नै केही अघि संसद्मा महाभियोग प्रस्ताव दर्ता हुँदा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलगायत सडकमै आउनुभएको होइन ? अहिले के नौलो भयो र? मैले राजनीति गरेको होइन। विकृति-विसंगतिका विरुद्धमा ऐक्यबद्धता जनाएको मात्रै हुँ।

तपाईं अब राजनीतिक रूपमा सक्रिय बन्नु हुन्छ ?
अहिले चिकित्सा क्षेत्रको विसंगतिविरुद्ध बोलेको हुँ । भोलि भ्रष्टाचारविरोधी आन्दोलन भए त्यसमा पनि बोल्छु । पूर्वप्रधानन्यायाधीश भन्दैमा किन नबोल्ने ? अब म सामाजिक रूपमा सक्रिय रहन्छु।





Comments

comments

Leave a Reply

19182