बर्मेली बुहारीलाई घरनिकाला : छोरा अलग्याएर कुटपिट गरेको आरोप

धरान – बिहे गरेर धरानमा आएकी म्यानमार (बर्मा) की चेली घर निकालामा परेकी छन्।

धरान – १० मा बस्दै आएकी ३१ बर्षीया मिन्जु याङलाई उनका श्रीमान् इसुन राई, सासू गंगा र आमाजू बरुणाले कुटपिट गरी घरनिकाला गरेको खबर अन्नपूर्ण पोस्टले छापेको छ।

मिन्जु दुई बर्षअघि स्थानीय इसुनसँग विवाह गरी धरान आएकी थिइन्। एक बर्षको नाबालक छोरा अलग्याएर आफूलाई कुटपिट गरी घरनिकाला गरेपछि बिचल्लीमा परेको मिन्जुले बताइन्।

सिंगापुरमा रोजगारी गर्दै आएकी मिन्जुसँग फेसबुकमा माया बसेपछि २०७२ मा विवाह भएको थियो।

फेसबुकमा माया बसेपछि मिन्जुले उनलाई सिंगापुरमै बोलाएकी थिइन्। त्यहाँबाट संगै धरान आएर विवाह गरेकोमा इसुनले धोका दिएको उनले बताइन्।





Comments

comments

Leave a Reply

19216