प्रहरीसंग वन तस्करको डरलाग्दो कनेक्सन

दाङ देउखुरी क्षेत्रको चुरेमा तस्करसंग प्रहरीको डरलाग्दो साँठगाँठ रहेको पाईएको छ।

वन संरक्षणमा काम गरिरहेको वन तथा वातावरण संरक्षण समन्वय समिति दाङले सो कुरा जनाएको खबर नेपाल समाचारपत्रमा छ।

सो संस्थाको अध्यक्ष उमाकान्त पन्तले ५ सयभन्दा बढी सामुदायिक र राष्ट्रिय वन रहेको देउखुरी क्षेत्रमा तस्करले प्रहरीसंग सेटिङ गरी अबैधरुपमा वन विनास गरिरहेको जानकारी दिनुभयो।

जिल्लाको देउखुरीका राष्ट्रिय र सामुदायिक वन क्षेत्रमा गैरकानुनी तरिकाले काठ चोरी निकासी भईरहेको उहाले बताउनु भयो।

जिल्लाको पश्चिमी र देउखुरी क्षेत्र काठ चोरी तस्करीको अखडाको रुपमा चिनिन्छ।





Comments

comments

Leave a Reply

19225