इन्दिरा जोशीलाई मन पर्ने शहर पोखरा…
नागरिक काष्ठमण्डपमा प्रकाशित इन्दिरा जोशीसँगको कुराकानीको केही अंश:
नेपालभित्र मनपर्ने सहर ?
-मेरो सबैभनदा प्यारो सहर पोखरा हो ।
नेपाल बाहिर कुन-कुन देशका सहर घुम्नुभएको छ ?
-मैले झण्डै ३० देशको सह घुमेको छु । अस्ट्रेलिया, जापान, जर्मन, सिंगापुर, बेलायत, चीन, कोरिया, दुबई, कतार, इटली, क्यानडा, स्विट्जरल्यान्ड, फ्रान्सलगायत देश पुगेकी छु ।
ती देशमा मननपर्ने सहर ?
-इटलीको भेनस
हाम्रो देशका सहर र विदेशी सहरबीच भिन्नता ?
-नेपालबाट बाहिरिनासाथ प्रदूषण धुलो देख्नुपर्दैन । तर, बाहिर छिरेर आफ्नो देश छिर्दा आफ्नो देशप्रति दया लाग्छ । जताततै फोहोर र प्रदूषण मात्रै देखिन्छ । नेपालको जस्तो हावापानी र हरियाली भने अन्तका सहरमा पाइदैन ।
उपत्यकाको सबैभन्दा राम्रो लाग्ने पक्ष ?
-यो सानो ठाउा भए पनि यहाँ धरैथोक पाइन्छ । जस्तै खानेकुरा, घुम्ने र मनोरञ्जन गर्ने ठाउँ, सबैखाले सरकारी सेवा सुविधा । यहाँको मौसम पनि राम्रो लाग्छ । यी कुरा सम्झँदा उपत्यका बस्न मन लाग्छ ।
यहाँका मननपर्ने पक्ष ?
-ट्राफिक जाम र प्रदूषण ।
उपत्यकाको मनपर्ने खानेकुरा ?
-नेवारी खाजा मनपर्छ ।