मस्कोमा पूर्व शिक्षामंत्री दिनानाथ शर्माको स्वागत तथा अन्तरक्रिया

मधु माधुर्य / एचकेनेपाल डट कम-
मस्को , रसिया | छोटो समयको लागि रुस-भ्रमणमा रहनु भएका नेपालका पूर्व शिक्षामंत्री दिनानाथ शर्माको हार्दिक स्वागत गर्दै नेपाली राजदूतावासको सभा-कक्षमा नेपाल खेलकुद तथा साँस्कृतिक समाज, विश्व नेपाली साहित्य महासंघ एवं नेपाली छात्र संघ जनमैत्री विश्व विद्यालयको सहभागितामा गैरनेपाली संघ रुस-राष्ट्रिय समन्वय परिषद्को तत्वावधानमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा एन.आर.एन.का केन्दीय उक्त समाजका कोषाध्यक्ष डा. बद्रि केसी, सल्लाहकार डा. मणिराज पोखरेल, रुस रास्ट्रिय समन्वय परिषदका अध्यक्ष डा. मधु माधुर्य, महासचिव महेश खड्का , उपाध्यक्ष सुमन डिल्ली खरेल सुमन, सदस्य ईन्द्र भुषाल, मीना अधिकारी, डा. राजाराम चौधरी , निवर्तमान सचिव गणेश रामदाम, केन्द्रिय प्रतिनिधी एवं विश्व नेपाली साहित्य महासंघका अध्यक्ष गोविन्द गौतम, नेपाल खेलकुद तथा साँस्कृतिक समाजका उपाध्यक्ष रामेश्वर गौतम, नेपाली छात्र संघ जनमैत्री विश्व विद्यालयका अध्यक्ष किरण रानाभाट, एन.आर.एन सदस्य लगायत विद्यार्थी भाइहरु एवं केहि शुभचिन्तक महानुभावहरुको पनि उपस्थिति थियो|

अन्तरक्रियामा नेपालमा आर्थिक-क्रान्तिको आवश्यकता, नेपालको प्राकृत्यिक सम्पदाको सदुपयोग, पर्यटन विकास,लगानी सुरक्षा, नेपालीको नागरिकताको निरन्तरता, नेपालको राजनैतिक घटनाहरुमा अन्तररास्ट्रिय प्रभाव, विश्वमा विद्धमान ग्लोवल परिवेश र त्यसले नेपालमा पारेको प्रभाव, आधुनिक विश्वयुद्ध संजाल पद्धति, दलहरुसंगको राम्रो सहमतिमा नेपालमा चाडै नै परिमार्जित संबिधान जारी हुनु पर्ने माग, एन.आर्.एनका समस्याहरु जस्ता अनगिन्ति विषयहरुमा लघु छलफल भएको थियो| त्यस अन्तरक्रियाले गहन अध्ययन, कटु अनुभव र कुशल शैलीका कारण नेपालको राजनैतिक व्यक्तित्व दीनानाथ शर्माको पृथक परिचय गराउन सफल थियो।

बिभिन्न सन्दर्भहरुमा बोल्दै नेपालका शर्माले आफ्नो जीवनकालमा देशमा ठूलाठूला राजनैतिक परिवर्तनहरु भैसकेकोमा सन्तोष प्रकट गर्दै आखिरी दिनहरु साहित्य-सिर्जनामा विताउने सम्भावना बारे आफ्नो मनसाय प्रकट गर्नु भयो। रुस राष्ट्रिय समन्वय परिषदका अध्यक्ष डा. मधु माधुर्यमार्फत उहाँले एन.आर .एन. रसियालाई आफूले लेखेको निवन्ध संग्रह “अक्षरको खेती” र कवितासंग्रह “तरंग ” उपहार दिनु भयो। उहाँको स्वागतमा आयोजित अन्तरक्रिया कार्यक्रम पश्चात उहाँको विदाइमा सन्ध्या-भोजको समेत आयोजना गरिएको थियो।





Comments

comments

195